घटनास्थलमै पुगेर कानूनमन्त्री भण्डारीले पहिरो पिडितलाई दिए राहत

जाजरकोट (रासस) ः कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जाजरकोटमा पहिरोमा परि मृत्यू भएका परिवारलाई राहत उपलव्ध गराउनुभएको छ ।      जिल्ला प्रशासन कार्यालयमा    राहत राकम उपलव्ध गराएको हो ।   कानूनमन्त्री भण्डारीले  पुगेर प्रशासन कार्यालय पुगेर प्रति परिवार .२५ हजार नगद र खाद्यान्न वितरण गर्नुभएको हो । राहत वितरण गर्दै मन्त्री भण्डारीले तत्कालिन व्यवस्थाका लागि रु.१० हजार थप्ने र उनीहरुको पुनःस्थापन नहुञ्जेल खाद्यान्न सामग्री उपलब्ध गराउने जानकारी दिनुभयो ।
घटना स्थलको अवलोकन गर्दै त्यसको प्राविधिक प्रतिवेदन तयार गर्न प्राविधिक समितिलाइ निर्देशन दिनु भएका उहाँले मृतकका बालबालिकाको निःशुल्क पठनपाठन गर्ने व्यवस्थाका लागि पहल गर्ने समेत जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय जाजरकोटमा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुँदै विपद् जोखिमको लागि पूर्व तयारी गर्न समितिलाई निर्देशन दिएका दिनुभयो । पहिरोमा सन्तान गुमाएका परिवारहरुको अस्थायी बासस्थानमा पुगेर कानूनमन्त्री भण्डारीले मृतक आत्माको चिर शान्तको कामना एवम् श्रद्धाञ्जली व्यक्त तथा शोकाकुल परिवारजनमा समवेदना प्रकट समेत गरेका गनुभयो ।
त्यस्तै सदरमुकाम आसपासका उच्च जोखिम बस्तीहरु पुनस्थापनका लागि विस्तृत प्रतिवेदन तयार गर्न पनि निर्देशन दिईएको छ । यस्तै प्रदेश सभा सदस्य गणेश प्रसाद सिंहले जाजरकोट जिल्ला सधै रोग भोगमा ढुबन बाध्य भएकोले सम्वन्धित सबैले यसबाट सर्तकता अपनाउन आग्रह गनुभयो । भेरी करीडोरमा हाल सम्म बटुवा हरुले दैनिक सास्ती भोग्दै आएकोमा आगामी दिनमा सम्बन्धीत निकायहरु चनाखो भएर लाग्नु पर्ने बताउनुभयो । जाजरकोट भयानक ठुला दुर्घटनाहरु बर्षे पिच्छे भोग्दै आएकोले यस्ता उच्च जोखिम रहेका बस्तीहरु लाई पुर्णस्थापना गर्नको लागि स्थानीय सरकार प्रदेश सरकार बिशेष ध्यान दिनु पर्नेमा जोड दिनुभयो । जिल्ला विपद व्यवस्थापन समितिको आज बसेको बैठकले मृतक परिवारलाई जनही रु.एक लाख दिने गरेको प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले जानकारी दिनुभयो
त्यस्तै उद्योग वाणीज्य संघ जाजरकोटले मृतकका आफन्त र घाईतेलाई राहत उपलव्ध गराएको छ । अध्यक्ष कर्णवहादुर खत्रीले       जिल्ला अस्पताल गएर आवश्यक रकम उपलव्ध गराउनुभएको हो ।

तस्बिर कर्णवहादुर खत्री , उद्योग वाणीज्य संघ जाजरकोट





error: Content is protected !!