उपचारको क्रममा विरामिको निधन चौरजहारी अस्पताल तोडफोड

ज्ञानु गौतम रुकुम (पश्चिम)
रुकुम चौरजहारी अस्पतालमा एक विरामीको उपचारको क्रममा निधन हुदा मृतकका आफन्तले अस्पताल तोडफोड गरेका छन । जाजरकोट भेरी नगरपालिका वडा नं १३ निवासी २९ वर्षिय यशोदा मल्ल रोकायको उपचारको क्रममा आज विहान निधन भएको थियो ।
मृगौला संक्रमणको समस्या हुदा ४ दिन अघि अस्पतालमा भर्ना भएर उपचार गराई रहेकि मल्ल रोकायको आज एक्कासी मुटको धडकन वढेर उपचारको क्रममा मृत्यु भएको अस्पतालका डाक्टर कालेव वुढाले जानकारी दिनुभयो । सामान्य मृगौलाको संक्रमण भएर अस्पतालमा उपचार गराई रहेकी मल्लको गलत सुईको कारणले गर्दा मृत्यु भएको आफल्तले आरोप लागाएका छन । मृतकका आफन्तले अस्पतालका सिसाहरु तोडफोड गरेका छन । अहिले पनि अस्पताल तानावग्रस्त रहेको छ ।
अस्पतालका डाक्टरले अस्पताल वाट गलत सुईको प्रयोग नभएको दावी गर्दै छानविन गर्न तयार रहेको र यदि कमजोरी भएको खण्डमा कारवाहि भोग्न तयार रहेको वताएका छन । अहिले अस्पतालमा तोडफोड भैरहेको छ । प्रहरीले ३ रावउण्ड हवाई फायर गरेको छ । अस्पतालमा भर्ना भएका अन्य विरामीहरु उपचार सेवा वाट वञ्चित भएका छन ।










