सांसदद्धारा मृतकका परिवारलाई राहत र घाइतेको उपचार गर्न माग

जाजरकोट, २० साउन (रासस)ः जाजरकोटका सांसदहरुले पहिरोमा परि ज्यान गुमाएका परिवारलाई राहत र घाईतेको उपचार निशुल्क गर्न माग गरेका छन् ।
आइतबारको संसद बैठकमा बोल्दै सांसदहरुले पहिरोले स्थानीय दुई जनाको घर पुरिदा नौ जनाको मृत्यु हुनुका साथै केही घाइते भएको भन्दै प्रदेश सरकारका तर्फबाट मृतक परिवारलाई तत्कालिन राहत र घाइतेको उपचार गर्न माग गरेका हुँन् ।
सांसद गणेशप्रसाद सिंहले जनतालाई प्रदेश सरकारको अनुभूति दिलाउन घटनास्थलमै पुगेर पीडित परिवारलाई राहत उपलब्ध गराउन माग गनुभयो । यहाँले भन्नुभयो , ‘२४ घण्टाभित्र घटनास्थलमै पुगेर राहत उपलब्ध गराउन प्रदेश सरकारको ध्यान जाओस । सांसद कौशिलावती खत्रीले संसदमा उठाएका कुराहरुको सम्बोधन नहुने गरेको भन्दै आपत्ती जनाउनुभयो ।










