घाईतेको उपचारका लागि हेलिकप्टर लिएर बन मन्त्री जाजरकोट जाँदै

काठमाण्डौ ः जाजरकोट भेरी नगरपालिका वडा ३ ठाँटीवजारमा गएको पहिरोमा परि घाईते भएकाहरुको उपचार लागि काठमाण्डौ ल्याउन बन तथा बातावरण मन्त्री शक्तिवहादुर वस्नेतले हेलिक्टर पठाउनु हुँने भएको छ ।

घाईतेहरुको तत्काल ज्यान जाँन सक्ने भन्दै उहाँले काठमाण्डौबाट हेलिक्टर पठाउँने उहाँको नीजि सचिवालयले जनाएको छ । कर्णाली प्रदेशमा हेलिकप्टर उद्धारका लागि तयारी हालतमा भएका कारण थप उद्धारमा सजिलो भएको छ । वस्नेतले एक विज्ञप्ति प्रकाशित गरि मृत्यूको खवरले आफु दुखी भएको भन्दै घाईतेको उपचारका लागि कुनै कसुर वाँकी नराख्ने बताउनुभयो ।

घाईतेहरुको संख्य वढ्न सक्ने र तत्काल सुविधा सम्पन्न ठाउँमा ल्याउन पर्ने अवस्था देखिन साथ तयारी अवस्था रहेको सचिवालयले जनाएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!