करणी गर्न खाेजेकाे आरोपमा पक्राउ

लेख बहादुर बुढा डोल्पा । डोल्पामा एक यूवा जबरजस्ती गर्न खोजेको आरोपमा पक्राउ परेका छन् । पिडितले दिएको उजुरीको आधारमा त्रिपुरा सुन्दरी नगरपालीका वडा नं. १० का २९ बर्षीय ईबे भनेर चिनिने यूवाराज बोहोरालाई पक्राउ गरिएको छ ।

सोही नगरपालीका कै एक महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरिएको हो । पिडित महिला यहि साउन १४ गते बाटोमा हिडिरहेको व्यला लछारपछार गरी जबरजस्ती करणी गर्न खोजेको उजुरी पिडितले ईलाका प्रहरी चौकी लिकुमा दिएको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । जबरजस्ती करणनी गर्न खोज्ने बोहोरालाई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय डोल्पाका प्रमुख डिएसपी हरिप्रशाद शार्माले जानकारी दिनु भएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!