बन संरक्षणका गर्न स्थानीय सरकार र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्य हुँने

जाजरकोट ,  यहाँको बारेकोट र कुशे गाउँपालिकाको बन क्षेत्र तथा वन्यजन्तु संरक्षणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग छलफल गरिएको छ । जिल्लामै पर्याप्त वनजंगल रहेका यी दुइ गाउँपालिकामा पछिल्लो समय वन विनाश, चोरी शिकारी लगायतका कार्यहरु बढ्न थालेपछि यी गाउँपालिकाका विभिन्न जंगलहरुलाई समेटेर संरक्षित क्षेत्र बनाउने विषयमा बहस तीव्र हुन थालेको हो ।
यहाँको पर्यटनलाई व्यावसायिकरण गर्नका लागि पर्यटन गुरुयोजना निर्माण, संरक्षण क्षेत्र र त्यसको आधार तयार गर्नका लागि पूर्व सम्भाव्यता अध्ययन तथा विस्तृत अध्ययन गर्न कोष र स्थानीय तहको संयुक्त साझेदारीका विषयमा छलफल भएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले बताउनुभयो । अहिले यी विषयमा प्रारम्भिक छलफल भएको र साझेदारीका लागि सहमती नजिक पुगेको समेत शाहले जानकारी दिनुभयो ।
छलफलमा स्थानीय तहका तर्फबाट बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाह लगायत कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत, कांग्रेस नेता बेदराज सिंह, पत्रकार हरिहर सिंह राठौर, पत्रकार सुरेन्द्र सिंह लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो भने कोषका तर्फबाट कोष संचालक समिति सदस्य सचिव गोविन्द गजुरेल, कार्यकारी निर्देशक दिपक कुमार सिंह, कार्यक्रम निर्देशक सरिता ज्ञवाली लगायतका व्यक्तिहरु सहभागी थिए ।





error: Content is protected !!