प्रधानमन्त्री ओली र कामु प्रधानन्यायधीश जोशी बीच गोप्य बार्ता

काठमाडौ ः प्रधानमन्त्री केपी शर्मा ओली र कामु प्रधानन्यायधीश दिपकराज जोशी बीच गोप्य भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बेलुका करिब ८ बजे देखी ९ बजेसम्म एक घण्टा गोप्य बार्ता भएको हो । प्रधानन्याधीशको सिफारिसमा परेका जोशीेलाई शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै संसदीय सुनुपाई समितिले प्रधानन्यायधीशमा अनुमोदन गरेको छैन । समितिले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्षदय प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्डको राय मागेको छ । नेकपाले सकेसम्म जोशीलाई प्रधानन्याधीशमा अनुमोदन नगर्ने रणनीति अपनायपछि जोशी ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । भेटमा भएको बार्ता बारेमा भने खुलाईएको छैन ।










