बलात्तकारको प्रयासको आरोपमा युबक पक्राउ

डोल्पा , त्रिपुरासुन्दरी नगरपालिका–१० का २९ वर्षीय एक युबकलाई बलात्तकार प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
त्रिपुरासुन्दरी नगरपालिका भित्र बसोबास गर्ने ३१ वर्षीया महिलालाई जवरजस्ती बलात्तकार प्रयास गरेको आरोपमा त्रिपुरासुन्दरी नगरपालिका–१० का इबे भनेर चिनिने युबराज बोहरालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
आफुलाई ०७५ साउन १४ गते सार्बजनिक बाटोमा नै जवरजस्ती लछारपछार गरि जवरजस्ती बलात्तकार प्रयास गरेको भनि पिडित महिलाले ०७५ साउन १५ गते प्रहरी चौकी लिकुमा निवेदन दिएपछि पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।
बलात्तकार आरोपित युबकलाई अनुसन्धानको क्रममा बएन लिँदा समेत जवरजस्ती बलात्तकार गर्न खोजेको स्वीकार गरेकाले निजलाई जवरजस्ती करणी प्रयास अन्तरगत कारवाही अगाडि बढनइने तयारी भएको जिल्ला प्रहरी प्रमुख डिएसपी हरिप्रसाद शर्माले बताए ।रामचन्द्र न्यौपाने










