पहिरोका कारण यातायात सेवा अवरुद्ध

ज्ञानु गौतम, रुकुम
रुकुम पश्चिमको चौरजहारी देखी मुसिकोट सम्मको ४६ किलोमिटर सडकखण्डमा यातायात सेवा अवरुद्ध भएको छ । अविरल वर्षासंगै सडकखण्डको विभिन्न ठाउँमा आएको पहिरोका कारण यातायात सेवा अवरुद्ध भएको हो ।
मध्यपहाडी लोकमार्ग अन्र्तगत चौरजहारी–मुसिकोट सडकखण्डमा झरेको पहिरोले मुसिकोट–चौरजहारी चौरजहारी–मुसिकोटका लागि चल्ने नियमित यातायात सेवा ठप्प भएको छ । यातायात सेवा अवरुद्ध हुँदा यात्रुहरुलाई समस्या भएको छ । वर्षाले सडक अवरुद्ध हुँदा काम विशेषले सदरमुकाम जाने र फर्किने गरेका यात्रुहरु पैदल हिंड्न बाध्य भएका छन ।
चौरजहारी नगरपालिका वडा नम्बर ८ को ढुङ्गेखानी र गोइरी तथा सानोभेरी गाउँपालिकाको बिभिन्न सडकखण्डमा पहिरो झरेका कारण यातायात अवरुद्ध भएको हो ।वर्षा रोकिएको अवस्थामा भने मुसिकोटबाट चाईनाबगर सम्मका लागि केही साना जीपहरु चल्ने गरेका छन ।







