कालिमार्सी धान जोगाउन कृषि बिज्ञको सुझाव

दिलमाया शाही,जुम्ला
कालिमार्सी धान जोगाउन कृषि बिज्ञयहरुले किसानहरुलाई सुझाव दिएका छन । पछिल्लो समयम जुम्लाका अधिकांस किसानहरुले खेतमा उन्नतजातको धान रोप्ने गरेपछि कालिमार्सी धान जोगाउन किसानलाई कृषि बिज्ञहरुले सुझाव दिएका हुन । जुम्लामा उन्नत जातको धान लगाउदा वढि उत्पादन हुने र असिना पानीले पनि झार्न नसक्ने भएकोले पछिल्लो समयमा किसानहरु उन्नतजातको धान रोप्ने गरेका छन । जुम्लामा फल्ने कालिमार्सी धान जुम्ला जिल्लाको पहिचान मानिन्छ ।
सामान्ने पानि पर्दा झर्ने भएकाले कालिमार्सी धान लगाउने नलगाउने वारे निर्णय गर्न नसकेको चन्दननाथ नगरपालिका ४ की पुजा भण्डारीले बताउनु भयो । उहाले भन्नुभयो धानरोप्ने समय आउदा म आफैलाई कालिमार्सी लगाउने कि नलगाउने भन्नेमा द्धुविधा हुने गरेको छ । जिल्लाको धान उत्पादन हुने कुल २ हजार ९ सय ५० हेक्टरको ४० प्रतिशत क्षेत्र फलमा मात्रै कालीमार्सी लगाइएको कृषि कार्यालयको तथ्याङक छ ।
कालीमार्सी धान रोगको पोको भएको र उन्नत जातको धानमा उत्पादनका साथै रोगको संक्रमण कमै हुने भएकोले कृषि कार्यालय जुम्लाले पनि किसानलाई मार्सी लगाउने वारेमा वाध्य पारेको छैन । कालिमार्सीधानको चैत १२ गते विउ भिजाउने, १६ गते उतार्ने, र २० गते किसानले वेर्नामा छर्ने गर्दछन ।
जुम्ली कालिमार्सी धानको छुट्टै खालको महत्वपुर्ण पक्ष रहेको कृषि प्राविधिक लक्षीराम महतले जानकारी दिनु भयो । यस्तै बिश्वकै उच्च भुभाग जहाँ अर्ध शुष्क हावापानिमाह फल्ने, खाँदा मिठो र स्वादिलो, भण्डारण तथा संकलन गर्न सजिलो, बिशेषता बोकेको कालिमार्सि धान प्रतिहेक्टर २। १ टन फल्ने कृषि बिज्ञहरुको भनाइ छ ।







