नगर सरसफाईमा दिर्घकालीन योजना बनाउन माग

त्रिपुराकोट(डोल्पा)दुर्गम डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाको केन्द्र बगरमा ब्यबसाय संञ्चालन गर्दै आएका उद्योगी ब्यापारीले नगर सरसफाईकालागि दिर्घकालीन योजना बनाउन माग गरेकाछन् ।
शनिवार बिहान एक ब्यापारी एक सरसफाई सामग्री सहित बजार सरसफाईमा निस्केका उनीहरुले स्वच्छ,सफा र हराभरा नगर बनाउन एक घर एक बिरुवा रोप्न लगाउनुपर्ने,नियमित फोहोर उठाउने ब्यबस्था,ढल निकास,पानी जम्ने ठाँउमा ढुङ्गा बिछाउने,फोहोर उठाउने हाते गाडाको ब्यबस्था,टाउन प्लानिङ गर्नुपर्ने जस्ता दिर्घकालीन योजना बनाउन नगरलापालिकालाई लिखित माग गरेका हुन् ।
बजार ब्यबस्थापन समितिको अगुवाईमा बजारलाई स्वच्छ सफा हराभरा राख्न ब्यापारीहरु दैनिक,साप्ताहिक र मासिक रुपमा सरसफाई अभियान चलाउँदै आएकाछन् ।
बजार सरसफाई अभियान अन्तर्गत ठुलोभेरी पुल देखि गल्लीगाड पुलहुँदै बोर्डिङ स्कुलसम्मका बाटो, सार्वजानिक स्थाहरु सरसफाई गरिँदै आएको छ ।
नगरपालिकाको केन्द्र भएर पनि बाटो घाटोमा हिलो,फोहोर,प्लाष्टिक भएकाले यसले ब्यापारीलाई नभई नगरपालिकालाईनै गिज्याएको ब्यापारीहरुले बताए ।
बगर बजार नगरको केन्द्र मात्र नभई जिल्लाकै केन्द्रबिन्दु भएकाले पनि नगरको बातावरण सधै स्वच्छ सफा राख्नुपर्ने बजार ब्यबस्थापन समितिका अध्यक्ष पुर्ण केशर न्यौपानेले बताए ।
उनका अनुसार प्रत्येक ब्यापारीलाई आफ्नो घर आँगन नियमित सरसफाई गर्नुपर्ने र जथाभावी फोहोर गरेको पाईएमा कारवाही गरिने समेत चेतावनी दिएको छ ।
ब्यापारीहरुले एकसाता देखि अवरुद्ध छलगाड लघुजबिद्युत सुचारु गर्नकालागि शिघ्र कदम चाल्नुपर्ने माग समेत राखेका थिए ।्
ब्यापारीहरुले राखेका मागहरु मध्ये टावनप्लानिङ,ढलनिकास जस्ता योजनाहरु दोस्रो नगर परिषद्बाट पारित भईसकेकाले केही मागहरु संबोधकालागि नगरप्रमुखलाई कुरा राख्ने प्रमुख प्रशासकिय अधिकृत भिम धरलाले बताए ।
बजारको नियमित सरसफाई अभियानमा ब्यापारी मात्रै नभई स्थानीय,प्रहरीले समेत सहभागीता जनाउँदै आएकाछन् । रामचन्द्र न्यौपाने










