बिष सेवनबाट एकको मृत्यु,दूईको अवस्था गम्भीर

डोल्पा/  डोल्पामा अपरिचित ब्यक्तिले गराएको बिष सेनवबाट एक जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर बिरामि परको आशंका गरिएको छ ।
मृत्युहुनेमा जगदुल्ला गा“उपालिका वडा २ बस्ने २९ बर्षिया दर्शन बुढाथाकीको रहेकाछन् भने सोही ठेगानाकै बर्ष ४३ का ईन्द्रजित बुढाथोकी र ४५ बर्षिया चन्द्रा कुमारी बुढाथोकीको अवस्था गम्भीर रहेको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्ष्ँक हरी प्रसाद शर्माले जानकारी दिनुभयो ।
नीज ब्यक्तिहरु जगदुल्ला गाउपालिकामा वडा नं २ पर्ने सिमलाग्ना रहको होटेलमा सा“झ ९ बजेर ३० मिनेटतीर चिया“ खाएर ईप्रका काईग“उ तर्फ जादै गरेको र शुक्रबार राती २ बजेतीर घटना भएको प्रहरीको भनाई छ ।
प्रहरीको आशंका अनुसार बिष सेवनबाट मृत्यु भएका दर्शन बुढाथोकी सहित गम्भीर बिरामि परेका चन्द्रा कुमारी र ईन्द्रजीत बुढाथोकीलाई बिहान ९ बजेर ३० मिनेटमा हेलिकोप्टरबाट नेपालगञ्ज लगिएकोे छ ।
गम्भीर बिरामि परेको दुईजनको कोहोलपुर मेडिकल कलेजमा उपचार भईरहेको र दर्शन बुढाथोकीको पोष्टमाडम हुने बताईएको छ ।
चिया खा“दैगर्दा जाजरकोट जिल्ला साविकको ढिमे गाविस खुर्पा बस्ने अन्दाजी बर्ष २४ ओम बहादुर बि.सी पनि स“गै रहेको घटना घटे लगत्तै निज ब्यक्ति फरार रहेको प्रहरीले जनाएको छ ।
चियामा बि.सीले बिस हालेकोहुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ ।
मृतक दर्शन बुढाथोकी र चन्द्रा कुमारी बुढाथोकी देवर भाउजु रहेको र होटेलपनि चन्द्रा कुमारीकै रहेको बुझिएको प्रहरीको जनाएको छ ।
घटना बिष सेवनबाट भएको आशंका गरिएको र घटनाको बिषयमा थप अनुसन्धान अगाडी बडाएको प्रहरीले जनाएको छ ।




error: Content is protected !!