भौगोलिक बिकटताको कारण न्याय महंगो, एक बर्षमा ७८ मुद्धा,४९ मुद्धाको सुनुवाई

रामचन्द्र न्यौपाने
डोल्पा / हिमाली जिल्ला डोल्पाका विभिन्न न्यायिक निकायहरुमा परेका ७८ थान मुद्धा मध्ये ४९ थानमात्रै मुद्धा फच्र्यौट भएकाछन् ।
जिप्रकामा २३ थान मुद्धा दर्ता
जिप्रका डोल्पामा गत आव ०७४÷०७५ मा २३ थान मुद्धा दर्ता भएका थिए ।
त्यसमा १४ थान मुद्धा फच्र्यौट भएको र ९ थान मुद्धा अझै अझै फच्र्यौटहुन बाँकी रहेका जिप्रका डोल्पाले जनाएको छ ।
तत्काल फच्र्यौट हुनुपर्ने मुद्धाहरु अनुसन्धानको पाटो पुरा गरेर फच्र्यौट भईसकेको र भवित्ब्य ज्यान सम्बन्धि मुद्धाहरु मात्रै बाँकी रहेको जिप्रका डोल्पाका प्रहरी नायव उपरिक्षक हरी प्रसाद शर्माले बताए ।
दर्ता भएका मुद्धाहरुमा बैंकिङ कसुर,ज्यानमार्ने उद्योग,चोरी,जवरजस्ती करणी सम्बन्धि मुद्धाहरु दर्ता भएपनि त्यसमा सार्वजानिक अपराध र भवित्ब्य ज्यान सम्बन्धि धेरै मुद्धाहरु धेरै रहेको शर्माले बताए ।
आव ०७३÷०७४ मा ३६ वटा मुद्धा दर्ता भएकोमा ३२ वटा फच्र्यौट भएको प्रहरीले जनाएको छ ।
बर्षपिच्छै प्रहरीकोमा दर्ताहुने मुद्धाहरुमा कमी आएकाले डोल्पामा अपराध घटेको भन्न सकिने प्रहरीको भनाई छ ।
प्रशासनमा ८ थान दर्ता,एउटा पनि फच्र्यौट भएन
त्यस्तै जिल्ला प्रशान कार्यालयमा आव ०७४÷०७५ आठ वटा मुद्धा दर्ता भएकाछन् ।दर्ता भएका मुद्धाहरुमा सार्वजानिक अपराध सम्बन्धि धेरै मुद्धाहरु रहेको प्रशासनले जनाएको छ ।
दर्ता भएका सबै मुद्धाहरु प्रक्रियामा गएपनि एउटा पनि मुद्धा फच्र्यौटहुन भने सकेको छैन् ।
आव ०७३÷७४ का चार थान मुद्धा दर्ता भएको प्रशासनले जनाएको छ ।
अदालतमा मुद्धा दर्तामा कमी,४७ थान मुद्धा मात्रै दर्ता
त्यस्तै आव ०७४÷०७५ मा जिल्ला अदालतमा ६३ थान मुद्धा दर्ताहुने अनुमान गरिएपनि ४७ थान मुद्धामात्रै दर्ता भएका थिए ।
जसमा ३५ थान मुद्धा फच्र्यौट भईसकेको र १२ थान मुद्धा फच्र्यौटहुन बाँकी रहको जिल्ला अदालत डोल्पाले जनाएको छ ।
फच्र्यौटहुन बाँकी मुद्धाहरु पनि एकबर्ष म्याद ननाघेका अदालतले जनाएको छ ।
आव ०७३÷०७४ मा ५५ थान मुद्धा दर्ता भएकोमा ३९ थान मुद्धा फैसला भएका थिए ।
मुद्धा दर्तामा कमी आउनुमा भौगोलिक कारण
अघिल्ला बर्षहरु भन्दा अदालतमा मुद्धा दर्तामा कमी आएको जिल्ला अदालतका नायव सुब्बा नगेन्द्र चौलागाँईले जानकारी दिए ।
पहिलेको तुलनमा मुद्धा कम पर्नुमा भौगोलिक कठिनाई,जनचेतनामा बुद्धी र स्थानीय तहमा गठन भएको न्यायिक समितिमा गर्ने कि भन्ने दोधार लगाएतका कारण रहेको उनले बताए ।तर मुद्धा कम पर्दैमा अपराधमा कमी आएको भनेर भन्न नसकिने उनको भनाई ।
पहिलाको तुलनमा सम्बन्धबिच्छेदका मुद्धाहरुमा पनि कमी आएको अदालतले जनाएको छ ।
डोल्पामा हप्ता दिनसम्म हिँडेर न्याय पाउन सदरमुकाम आउनुपर्ने बाध्यता कतिपय दुरदराजका बस्तीका सर्वसाधारणलाई छ,त्यसोत विभिन्न भौगोलिक कठिनाई र खर्चपर्चका हिसाबमा पनि न्याय महंगो पर्ने भएकाले मुद्धा कर्म दर्ताहुँदै गएको नायव सुब्बा चौलागाँईले भने ।
गाँउमै मिलाईन्छ कतिपय मुद्धा
भौगोलिक बिकटताको झन्झटकै कारणले गर्दा कतिपय सार्वजानिक अपराधका मुद्धाहरु समेत गाउँका जानमानको भेलाले गाउँमै मिलाउने गरेको सरोकारवालाहरुको बताए ।
तर प्रहरीका अनुसार पछिल्लो समयमा विभिन्न सरकारी तथा गैह्रसरकारी संघ संस्थाहरुले गाँउ समाजमा गरिरहेको जनचेतनाका कार्यक्रममले नागरिक धेरै सचेत भएको र अन्याय पर्ने बित्तिकै तत्काल न्यायिक निकायहरुमा पुग्ने गरेको पाईएको प्रहरीको भनाई छ ।




सम्बन्धित समाचार


error: Content is protected !!