राजनीति प्रधान सेनापतिमा पूर्णचन्द्र थापा

काठमाडौं ः सरकारले नेपाली सेनाको प्रधान सेनापतिमा बलाधिकृत रथि पूर्णचन्द्र थापालाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधान सेनापतिमा थापालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा संचार मन्त्री गोकुल बास्कोटाले जानकारी गराए।

साउन २५ गतेदेखि लागू हुने गरी थापा नियक्त भएका हुन्। त्यस्तै मन्त्रिपरिषद् बैठकले संघीय सरकारको मन्त्रालय बढाएको छ। पशुपक्षी विकास मन्त्रालय थप्ने निर्णयसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमेत गरी अब २२ वटा मन्त्रालय रहनेछन्। त्यस्तै बैठकले लुम्बिनी विकास कोषको अध्यक्षमा अवदेशकुमार त्रिपाठीलाई नियुक्ति गरेको छ।




सम्बन्धित समाचार


error: Content is protected !!