डोल्पामा वर्षाका कारण व्यापक क्षेती

सुकमाया थापा
दुनै डोल्पा ः अविरल बर्षा संगै आएको वाढी पहिरोले डोल्पामा व्यापक क्षेति गरेको छ । यहाँको ठुलिभेरी नगरपालिकाको वडा नं ११ रह गाउँ काग्नीमा पहिरोले खाने पानीको पाइप र जग्गा समेत वाढीले बगाएको छ । त्यस्तै पहिरोले पानीको नहर वगाउँदा सिचाइ सेवा समेत ठप्प भएको छ ।
वर्षभरी खाने अन्न लगाएको खेतबारी पहिरोले वगाउँदा यहाँका स्थानीयहरु मर्कामा परेका छन् ।
मुड्केचुला गाउँपालिका वडा नं ८ ओक्टम स्थित रारा आधारभुत विद्यालयको पर्खाल र खाजा बनाउने भवण भत्किदा समस्या भएको प्रधानाध्यापक लंकवहादुर वुढाले जानकारी दिनुभयो ।





error: Content is protected !!