विभिन्न जिल्लाका सिडिओको सरुवा, काठमाडौंको जिम्मेवारी आचार्यलाई सूचीसहित

काठमाडौं । सरकारले ३२ जना प्रमुख जिल्ला अधिकारी ९सिडिओ० र सहसचिवहरुको सरुवा गरेको छ । बुधबार साँझ गृह मन्त्रालयले सिडिइओ र सहसचिवहरुको सरुवा गरेको हो ।

मन्त्रालयले ३८ किलो क्विन्टल सुन तस्करीको छानबिन गर्न गठित विशेष अनुसन्धान टोलीका संयोजक ईश्वरराज पौडेललाई अध्यागमन विभागमा पठाएको छ ।

यस्तै काठमाडौंका सिडिओ केदारनाथ शर्माको पनि सरुवा भएको छ । शर्मालाई गृह मन्त्रालय सरुवा गरिएको छ । काठमाडौंमा रामप्रसाद आचार्य नयाँ सिडिओको रुपमा आएका छन् ।

त्यस्तै ललितपुरमा प्रेमराज जोशी, कास्कीमा चक्रबहादुर बुढा, कपिलवस्तुमा अर्जुन पोखरेल, मोरङमा रमेश केसी, बाँकेमा मदन भुजेल, सिन्धुपाल्चोकमा कृष्ण प्रसाद अधिकारीको सरुवा भएको छ ।

त्यसैगरी जनकराज पन्त चितवन, लक्ष्मीदेवी हुमांगाई तेह्रथुम, चन्द्रबहादुर कार्की कालीकोट र सिद्धराज जोशी सहायक जिल्ला प्रशासन अधिकारीका रुपमा मकवानपुरमा सरुवा भएका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!