यसै आर्थिक वर्षमा रास्कोटमा १५ शय्याको अस्पताल

कालिकोट , जिल्लाको रास्कोट नगरपालिकामा नमुना सामुदायिक अस्पताल निर्माण हुने भएको छ।
यसै आर्थिक वर्षबाट आधुनिक १५ शय्याको सामुदायिक अस्पताल निर्माण हुने भएको हो। रास्कोट नगरपालिकाको समन्वयमा सामुदायिक अस्पतालको निर्माण हुने भएको छ। कालिकोट र बाजुराका करिब ८० हजार मानिसको स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि सामुदायिक अस्पताल निर्माण गर्न लागेको अस्पताल सम्भाव्यताका लागि कालिकोट आइपुगेका डा। मुकुन्द ढकालले बताए।
‘स्वास्थ्य सेवामा पहुँच नपुगेका कालिकोट र बाजुराका करिब ८० हजार नागरिक स्वास्थ्यमा पहुँच पुर्याउनका लागि सामुदायिक अस्पताल निर्माण गर्न थालेका छौँ,’ उनले भने,‘अस्पतालले विशेषज्ञ सेवासहित दिने लक्ष्य राखेका छौं।’ यसै वर्षको दशैँसम्म अस्पताल सञ्चालनमा ल्याउनका लागि आधारभूत भौतिक पूर्वाधार तयार गरी अत्यावश्यक चिकित्सा सेवा प्रदान गरिने रास्कोट सामुदायिक अस्पतालका अध्यक्ष तुलाराज सिम्खडाले बताए।
‘हामीले यसै आर्थिक वर्षको दशैँमा अत्यावश्यक चिकित्सक सेवा सञ्चालन गर्नेछौं।’ उनले भने, ‘त्यसका लागि सबै प्रक्रिया सुरु भइसकेको छ।










