अझै पुगेन्न स्थानीय तहमा वैँक

जाजरकोट,  यहाँका अधिकांश स्थानीय तहमा अझै वैँक स्थानपना हुँन सकेका छैन्न । जिल्लाका ७ वटा स्थानीय तह मध्य ३ वटा स्थानीय तहमा वैँक स्थापना भएपनि बाँकी ४ ठाउँमा अझै स्थापना हुँन नसकेका हुँन् ।
वैँक स्थापना नहुँदा ग्रामीण क्षेत्रबाट सामान्य कामको लागि पनि जिल्ला सदरमुकाम आउँनुपर्ने वाध्यता भएको बारेकोट गाउँपालिका वडा ७ का प्रेम शाहीले बताउनुभयो । वृद्धभत्ता देखि उपभोक्ता समिति सम्म सदरमुकाम गई लामो समय सम्म वस्दा खर्च वढी हुँने गरेको शाहीले बताए । ३० हजारको योजना देखि लाख योजनामा काम गर्ने उपभोक्ताहरु सदरमुकामा आउँदा समस्या भएको छ । ठुलो योजना भएका त ठिकै हो , तर साना योजना भएका उपभोक्ता हरुको रकम वैँक जाँदा र आउँदा आधा खर्च हुँने गरेको जुनिचाँदे गाउँपालिका वडा ८ का नरवहादुर वुढाले बताए । जिल्लाका जुनिचाँदे गाउँपालिका, बारेकोट गाउँपालिका, शिवालय गाउँपालिका र कुशेगाउँपालिकामा वैँक स्थापना हुँन नसकेको हो । यि अधिकांश ठाउँका रहेका स्थानीय सरकारका कार्यालय समेत सदरमुकाममा रहेका छन् । मोटो रकम बाटोमा वोकेर ल्याउदा सुरक्षा चुनौती भएको कर्मचारीहरु बताउछन् ।
द्धन्द्धकालमा विस्थापित भएका वैँक समेत स्थापित हुँन नसक्दा थप समस्य परेको हो । नलगाड नगरपालिकाको दल्लीबाट विस्थापित भएको नेपाल वैँकको शाखा अहिले सम्म पुर्ण स्थापना हुँन सकेको छैन् ।




सम्बन्धित समाचार


error: Content is protected !!