जहाँ पिठो पिस्न झगडा देखि तीन सम्म लाग्ने गर्दछ ?

दिलमाया शाही
जुम्ला ः पातारासी गाउँपालिकामा वडा नं २ का महिलाहरुले परम्परागत पानी घट्टबाट दैनिक अन्न सिस्ने गरेको बताएका छन् । यहाँ आधुनिक मिल नहुँदा कुटानी, पिसानी गर्न समस्य भएको बताएका हुँन् ।
यहाँका पुरुषको भन्दा वढी घरियासी काम महिलाहरुले गर्नुपर्ने वाध्यता छ । त्यसैले कुटनी पिसानी गर्ने जिम्म पनि महिलाहरुको छ । त्यस्तै पातारासी गाउँपालिकामा २ का स्थानीय महिला रमिला बुढाका अनुसार हामी महिलाको दिनचर्या कुटनी पिसनिमा नै दिन वित्ने गरेको छ । उहाले भन्नुभयो ,आधुनिक जमाना आईपुग्दा सम्म पनि आद्युनिक मिल नहुँदा पानिी घट्टका भरम कुटानी, पिसानी गरेर परिवारको छाक टार्न गारो छ ।
त्यस्तै सोहि गाउकी अर्की स्थानीय महिला बाटु बुढाको पनि पिडा पनि उस्तै छ । बुढाका अनुसार पातारासी गाउँपालिका २ मा पाँच सय पचास घरधुरीको लागि कुटानी गर्ने मिल छैन।
त्यस्तै कहिले काँही पिठो पिस्नका लागि नै महिलाहरु वीच झगडा हुने गरेको उनिहरुको भनाई छ । परम्परा गत पानी घट्ट त गाँउमा पाँच वटा छन तर हिउँद याममा पानीको मात्रा घट्दा घट्ट चल्न समस्या हुँने गरेको छ । खानाको लागि भए पनि दुई ,तीन दिनको बास बसेर घट्टमा पिठो पिस्नु पर्ने बाध्यता छ । जुम्लाका स्थानीयले जौँ, उवा, गहुँ, मकै, कोदो र फापर लगाएतका अन्न परम्परा गत पानी घट्टमा पिस्ने गर्दछन् ।
गाउँमा कुटानी तथा पिसानीको लागि आधुनिक मिल नहुँदा स्थानीयहरुले दुई तीन दिन लगाएर पिठो पिस्ने गरेको दुखेसो गरेका छन ।










