वाढीले धानवाली नष्ठ

ज्ञानु गौतम,रुकुम
अविरल वर्षा संगै आएको वाढीले रुकुम पश्चिममा आईतबार विहान धानवाली बगाएको छ ।  पश्चिमको चौरजहारी नगरपालिका वडा नं ८ को अंगेरी र वडा ७ को बोझाबारीमा कृषकहरुले लगाएको धानवाली वाढीले वगाएको हो ।. कृषिकहरुले वाढी नियन्त्रणको लागि निर्माण गरेको तारजाली वगाएर वाढी खेतमा पसेको थियो ।. वाढीले स्थानीय टर्क वहादुर खत्री ,डम्वर के.सी ईन्द्र वहादुर वुढा प्रेम के.सी, हेमन्त के.सी ,जयराम के.सी,डिल्ली के.सी दिपक के.सी ,निर्मण के.सी ,तेज वहादुर वुढाको खेत वगाएको छ । .
त्यसैगरी कृषक गोरख वहादुर वि.क ,संगीता रसाईली, वल वहादुर वि.क डिल्ली शाही, केशर आचार्य ,भिम वहादुर नेपाली र दल जैसीको खेत वाढीले वगाएको स्थानीयले बताएका छन् ।

फाईल तस्बिर ।





error: Content is protected !!