३० करोडमा वन्यो जुम्लामा शान्ती स्तुप

दिलमाया शाही
जुम्ला ः जुम्ला प्रकृती रुपले भरिपुर्ण भएको जिल्लाको रुपमा परिचित छ । पछिल्लो समयमा रारापर्यटन वर्ष घोषणा गरेसंगै पर्यटकिय.जिल्लाका रुपमा विकास हुदै गएको छ । संघियता कार्यन्वय भएसंगै जुम्लाका स्थानीय तह लगायतका कर्णाली प्रदेश सरकारले पनि पर्यकिय शहरका रुपमा विकास गर्नको लागि योजना अघि सारेको छ । त्यस्तै जुम्ला जिल्ला मात्र नभयर कर्णाली प्रदेश नै जडीबुटी सुन जस्ता टलकिने हिमाल लगायतका अथाह , पर्यटकिय सम्भावनै सम्भावना रहेका छन् ,। जुम्लाको चन्दननाथ,भैरबनाथ मन्दिर,विश्वको अग्लो स्थानमा धान फल्ने छुमचौर ज्युलो, पातारासी हिमाल, तातोपानी, गुठिचौर पाटन, लगायतका क्षेत्र जुम्लाका प्रर्यटनका लागि आकर्षक स्थलहरु हुन् ।

त्यस्तै जुम्ला र मुगुमा बस्ने मुगाली समुदायले जुम्लामा निमार्ण गरेको देशकै ठुलो शान्ती स्तुपले जुम्लाको पर्यटन विकासमा टेवा पुर्याउने जुम्लाका संस्कृतबिद रमानन्द आर्चायाले बताउनु भएको छ ,। उहाँले भन्नुभयो, सदरमुकामको दक्षिण पट्ी सिंगाचौर स्थित झण्डै ७२ हजार फिट अग्लो र ३२ फिट चौडाई रहेको शान्ति स्तुप निमार्णले जुम्ला जिल्लाको संस्कृती झल्काएको छ । जुम्ला, मुगु र काठमाण्डौमा बस्ने मुगाली समुदायको आफ्नै सक्रियतामा बन्दै गरेको शान्ती स्तुपले जुम्लाको सौन्र्दयमा नयाँ आयाम थपेको पर्यटन विकास केन्द्र जुम्लाले बताएको छ ।

बौद्ध र स्वयम्बु बाहेक नेपालकै सब भन्दा ठुलो स्तुप निमार्ण गरिएको छ । २०६८ सालबाट निमार्ण शुरु गरिएको स्तुपको ९० प्रतिशत काम सकिएको निमार्ण संयोजक फुर्वा छिरिङ लामाले बताउनु भयो । प्यागडा शैलीमा निमार्ण भईरहेको स्तुपमा नुन देखि सुन प्रयोग गरिएको लामाले भनाई छ ।

बढ््दैै पर्यटन गतिविधी

पछिल्लो समय पर्यटन विकासका गतिविधि बढ्दै गएका छन् । यहाँका विभिन्न सम्भावनालाईहरुलाई चिनाउन तथा जुम्लालाई पर्यटकिय शहरका रुपमा विकास गर्नका लागि अल्ट म्याराथन देखि पुर्वाधार विकासमा पनि यहाँका स्थानिय तहले विशेष जोड दिदै आएका छन पर्यटन क्षेत्रको दिगो विकास र आर्थिक समृद्धीलाई मध्यनजर गर्दैै पर्यटनको क्षेत्रलाइ खुख्य प्रथामिकतामा राखेको गुठीचौर गाउपालिकाले जनाएको छ ।
स्तुपको कार्तिकमा उद्घाटन गरिदै
जुम्लामा निमार्ण भईरहेको देशकै ठुलो शान्ती स्तुप आउदो कार्तिक महिनामा उद्घाटन गरिने भएको छ । ९० प्रतिशत निमार्ण कार्य सकिएको स्तुपको उद्घाटन कार्तिकमा गरिने चित्रकार, ग्रिमे लामाले बताउनु भयो । त्यस्तै १ सय देखि माथि दान दिनेको नाम पनि शिलालेखमा लेखिने छ भने, जुम्लाकै सम्पत्तिका रुपमा लिएर यसको संरक्षण सबैले जोड दिए ।





error: Content is protected !!