फलफुलका विरुवा मारेपछि विकासबाट वन्चित

जाजरकोट , ६ सावन (रासस)ः यहाँको नलगाड नगरपालिकाले बितरण गरेको फलफुलका विरुवा मारेमा पुर्ण किसानलाई विरुवा उपल्ध नगराउने बताएको छ ।
कृषि शाखा मार्फत नलगाड नगरपालिका १३ वटा वडामा भारी मात्रा फलफुलका विरुवा बितरण गरेको छ । किसानलाई वितरण गरेका विरुवा लापरवाई गरेर मारेमा पुर्ण नगरपालिकाले विरुवा नदिने नगरप्रमुख टेकवहादुर रावलले बताउनुभयो । विरुवा राम्रो संग हुकाउने किसानलाई पुरुस्कृत गरिने उहाँको भनाई छ । जहाँ , जहाँ विरुवा वितरण गरिएको छ , त्यहाँ , त्यहाँ हामी अनुगमण गछौँ नगरप्रमुख रावलले भन्नुभयो । राम्रो संग हुकाएको ठाउँमा थप विरुवा दिईने छ , विरुवा मारेको ठाउँमा थप विकास दिईने छैन् उहाँले थप्नुभयो । पैसा छर्ने काम नगरपालिकाले गदैन् , वरु खर्च भएको रकमको कडा अनुगमण गरिने छ रावलले बताउनुभयो ।
नगरपालिकाले सुन्तला, कागती लगाएतका हजारौ विरुवा किसानलाई वितरण गरिएको छ । एक , एक विरुवाको हिसाव हुँने रावलले बताउनुभयो ।





error: Content is protected !!