आर्थिक अभाबले बत्ती बल्न ढिला

ज्ञानु गौतम रुकुम
रुकुम पश्चिमकोे चौरजहारी नगरपालिका वडा नं ७ मा रहेको लाबुर खोला लघुजल विद्युत आयोजना वन्द भएको छ । अविरल वर्षा संगै आएको वाढीले विद्युत नहर वगाएपछि विद्युत उत्पादन सेवा अनिश्चित समयका लागी वन्द भएको हो ।

८० किलो वाट विद्युत उत्पादन क्षमता रहेको उक्त हाईड्रोपावर वाट उत्पादन भएको विद्युत करिव १२ सय घरधुरीले प्रयोग गर्दै आईरहेका थिए ।विद्युत आपुर्ति सेवा वन्द भए संगै वडा नं ७को नार्जि,खत्रीगाउँ, कुमाईगाउँ ,काप्रा,वडा नं ८ को सोतिखोला ,वसिगाउँ,सोती गेष्मा र वडा नम्वर ९ को कोटगाउँ र गुर्तालगाउँका उपभोक्ताहरु विद्युत सेवा वाट वञ्चित भएका छन ।

आर्थिक अभावले खहरे खोलाले वगाएको विद्युत कुलो निर्माण गर्न नसकिएको समितिका अध्यक्ष एबम वडा नम्बर ७ का अध्यक्ष ईन्द्रलाल शर्माले वताउनुभयो




सम्बन्धित समाचार


error: Content is protected !!