गोविन्द केसी लिएर काठमाडौं उडेको हेलिकप्टर यसकारण पुग्यो सुर्खेत

सुर्खेत– जुम्लाबाट डा। गोविन्द केसीलाई लिएर उडेको हेलिकप्टर कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेको छ ।
नेपाली सेनाको हेलिकप्टर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई सुर्खेतमा छोडेर काठमाडौं जानेछ ।
विगत २० दिनदेखि जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बसेका डा। गोविन्द केसीको स्वास्थ्य जटिल बनेपछि सरकारी टोली डा केसीलाई काठमाडौं ल्याउन जुम्ला पुगेको थियो ।
आफूलाई सरकारले अपहरण गरेर काठमाडौं लान खोजेको भन्दै डा। केसीले विहीवार विहान आपत्ति जनाएपछि उनका समर्थकले डा। केसीलाई काठमाडौं लैजान अवरोध सिर्जना गर्न खोजेका थिए । त्यसपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले बल प्रयोग गर्दा २० जना भन्दा बढी सर्वसाधारण घाइते भएका छन् ।
सरकारी हेलिकप्टरमा काठमाडौं नआउने अडानमा रहेका गोविन्द केसीलाई प्रशासनले बल प्रयोग गरेर भएपनि लैजाने बताएपछि प्रहरी दनम रोक्न भन्दै डा। केसी काठमाडौं जान तयार भएका थिए ।
सरकारले ल्याउन लागेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक माथेमा आयोगले दिएको सुझावको आधारमा हुनुपर्ने माग राख्दै डा। केसी २० दिनदेखि अनशनमा छन् । उनको यो १५ औं अनशन हो ।










