डाके सीको फोटो खिच्न सेनाका कर्नेलले दिएनन्, मुख्यमन्त्रीको निर्देशनक मानेनन्

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वीरेन्द्रनगर विमानस्थलमा पत्रकारलाई डा। गोविन्द केसीको तस्विर खिच्न दिन निर्देशन दिएपनि सेनाका कर्नेल सागर थापाले अनुशासनहीन व्यवहार देखाएका छन् ।
जुम्लाबाट सुर्खेत हुँदै काठमाडौं लैजान थालिएका केसीको फोटो खिच्ने वातावरण मिलाउन निर्देशन दिएपनि उनकै सामुन्ने अश्लील शब्द प्रयोग गर्दै पत्रकारलाई जान नदिने कर्णेल थापाले बताए ।
जुम्लामा गत २० दिनदेखि अनशनरत डा। गोविन्द केसीलाई उपचारका लागि काठमाडौं लगिएको छ । हेलिकप्टर सुर्खेतबाट काठमाडौंका लागि उठेको छ ।










