सिप सिकेर आत्म निर्भर वन्न स्थानीय सक्रिय

 जाजरकोट । जाजरकोट मा १ सय ५९ जना लाई सिप सिकाएर उनीहरुको जीवन स्तरमा सुधार ल्याउने आशा लिईएको छ ।   घरेलु तथा साना उद्योग बिकास समिति शाखा कार्यालय जाजरकोट को आर्थिक सहयोग र पहाडि क्षेत्र बिकास अभियान जाजरकोटले तालिम दिएपछि उनीहरु सिप सिकेर आत्म निर्भर वन्ने बताएका हुँन् ।

जिल्लाका ७ वटा स्थानीय तहबाट सिप सिक्न आई , सिप आर्जन गरेको जिल्ला कार्यक्रम ब्यबस्थापक मनसिंह बुढाले जानकारि दिए । बजारको आवश्यकताका आधारमा तालिम दिई नयाँ सिप र जागरका साथ काम हुँने आयोजकको भनाई छ । उद्योग बाणिज्य संघ जाजरकोटका अध्यक्ष कर्ण बहादुर खत्रिले जाजरकोट जिल्लाम लघु उद्यमिहरु बढाइ रोजगारी सृजना गराएकोमा धन्यवाद दिनु भएको छ । देशमा ब्यरोजगारीको समस्य कायम रहेको बेला छोटो समयमा धेरैले सिप सिकेकोमा खुसी व्यक्त गनुभयो ।

भिजन खवरबाट फोटो साभार ।





error: Content is protected !!