टिभीमा सुन्दर महिला देखाउँदा फिफालाई समस्या

रसिया विश्वकपमा आ–आफ्नो टिमलाई समर्थन गर्न हजारौँ दर्शक रंगशालामा उपस्थित हुने गर्छन् । खेलको क्रममा समर्थकका विभिन्न किसिमका चर्तिकला हेर्न पाइन्छ ।

विश्वकप लाइभ गरिरहेका टेलिभिजनहरूले उनीहरूका रोमाञ्चक दृश्य कैद गर्छन् । लाइभ खिचिरहेका क्यामेरापर्सनहरू अक्सर अति राम्रा तथा ग्लामरस महिलालाई धेरै फोकस गर्छन् ।

क्यामेरापर्सनहरूले दर्शकतिर लाइभ गर्दा धेरै महिलाहरूको क्लिप देखाएका कारण अहिले फिफा समस्यामा परेको छ ।

फिफाले रंगशालामा उपस्थितहरूलाई समान व्यवहार गर्न आग्रह गरेको छ । क्यामेरापर्सनलाई पुरुष तथा महिला समर्थकका समान भिडियो प्रसारण गर्न फिफाले विशेष अनुरोध नै गरेको छ ।

‘अहिले रसिया विश्वकपमा लाइभ गरिरहेका टेलिभिजनहरूले दर्शकमाथि समान व्यवहार गरेका छैनन्, उनीहरूले सेक्सी तथा सुन्दरी महिलालाई मात्र टेलिभिजनमा लाइभ गरिरहेका छन्,’ फिफाले भन्यो, ‘यसले गर्दा विश्वकपमा लैंगिक भेदभाव भएको देखिन्छ ।’




सम्बन्धित समाचार


error: Content is protected !!