ट्राफिक नियम उलंघन गरि सवारि साधन चलाउनेबाट उठ्यो १३ लाख राजश्व संकलन

जाजरकोट, । ट्राफिक नियम उलघंन गरि सवारि साधन चलाउने बाट ट्राफिक प्रहरी कार्यालय जाजरकोटले १३ लाख जरिमाना सुल्क उठाएको छ । चालू आर्थिक वर्ष २०७४÷०७५ मा १३ लाख ९ हजार राजश्व संकलन गरिएको ट्राफिक प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । जिल्लाम ट्राफिक नियम उलघन गरि सवारि साधन चलाउने बिभिन्न व्यक्तिबाट सो रकम संकलन भएको जिल्ला ट्राफिक कार्यालयका प्रहरि सहायक निरिक्षक आनसिंह भण्डारीले बताउनुभयो ।

त्यस्तै कारबाहिमा परेका सवारि साधनहरु बस संख्या ४ सय ४९ वटा बाट २ लाख ६१ हजार रुपैया संकलन गरिएको छ । ट्रक २ सय ५ वटा बाट १ लाख २० हजार ५ सय, टेकटर २ सय २५ बाट १ लाख ३५ हजार जिप ३ सय ९१ बाट २ लाख २० हजार ५ सय मोटसाईकल ९सय ६१ बाट ५ लाख ७१ हजार अन्य मापसे मापदण्ड बिपरित भाडा असुलि ट्राफिक नियम उल्लघन बाट २३ ओटा बाट घटना भएकोमा १ लाख २५ हजार रुपैया संकलन गरिएको प्रमुख भण्डारीले बताए ।

बिन लाइसेन्स, ट्राफिक निएम उलघंन ,क्षमता भन्दा धेरै यात्रु वोक्ने , लगायतका लाई कारवाई गरिएको प्रहरी कार्यालयले जनाएको छ ।
अन्य जिल्लाको तुलनाम जाजरकोटमा सवारी साधनको चाँप कम भएकोले पनि जाजरकोटमा ट्राफिक नियम उलघंन बढी हुने गरेको प्रहरीले जनाएको छ । २७ ओटा साना दुर्घटनामा भएको प्रहरीले जनाएको छ ।

भौगोलीक बिकटता जिल्लाका बिभिन्न ठाउँहरुमा पुग्नको लागि जनशक्ति अभाव हरको छ । जिल्लाका विभिन्न ठाउँमा जनशक्तिको अभावले काम गर्न कठिनाई भएको जिल्ला प्रहरी जाजरकोटले जनाएको छ । हाल जिल्लाले कुनै पनि पहल नगर्दा जनशक्तिको अभावका कारण जिल्लाका सबै क्षेत्रमा सेवा बिस्तार गर्न नसकिएको समेत कार्यालयको भनाइ रहेको छ । हाल जिल्ला ट्राफिक कार्यालयको भवन नहुँदा समस्या भएको प्रहरीले बताएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!