पहिरोले सयौ रोपनीमा लगाएका धान नष्ट , दर्जन घर पहिरोको जोखिममा

जाजरकोट , यहाँको नलगाड नगरपालिका वडा ८ कायखेत स्थित सयौ रोपनीमा लगाएको धान बाली नष्ट भएको छ ।  शनिबार विहान आएको पहिरोले कायखेतमा रहेको धान सहितको खेतहरु पुर्दा यहाँका किसानहरु मर्कामा परेका छन् ।

हुमप्रकास सिंह, हिरालाल खत्री, खर्कवहादुर शाही लगाएतका ५ जनाको घर परिबार पहिरोका कारण घर छाडेर विस्थापित भएका छन् । त्यस्तै पहिरोले मकै लगाएतको जग्गा पुर्दा मकैबाली समेत नष्ट भएको छ । कायखेत — जिकुवा सडकबाट आएको पहिरोले यहाँका स्थानीयको उठीबास लागेको हो । मापदण्ड विपरित डोजरद्धारा निर्माण गरिको यो सकड बाट यहाँका दर्जनौ अन्य घर समेत जोखिममा परेका छन् । सडक निर्माण गर्दा देखि नै यातायात साधनहरु सञ्चालन गर्न समस्या परेको यो सडकबाट अहिले दर्जन बढी घर जोखिममा पर्नुका साथै सयौ रोपनी जग्गामा लगाएको अन्नवाली समेत नष्ट भएको छ ।
यस्तै छेप्का — कैना सडक खण्डको डाडागाउँमा पहिरो आउँदा यातायात सेवा ठप्प भएको छ । पहिरो गएको ठाउँमा सडक निर्माणका लागि पहल सुरु गरिने नलगाड नगरपालिकाले बताएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!