बन कार्यालय र स्थानीय तह वीच द्धन्द्घले चोरी निकासी वढ्यो

जाजरकोट  । बन कार्यालय र स्थानीय सरकार वीच अधिकार क्षत्रका विषयमा बिवाद देखिएको छ । यहाँका ७ बटा स्थानीय तहका प्रमुखले जिल्ला बन कार्यालय बन संरक्षण सम्वन्धि गम्भिर नभएको आरोप लगाएका छन् ।
स्थानीय सरकार गठन भएको १ वर्ष विति सक्दा सम्म बनका कर्मचारीहरुले स्थानीय सरकार संग समन्वय , सहकार्य नगरेको स्थानीय सरकारका प्रमुखको आरोप छ । बनका कर्मचारीहरु आफ्नो तरिकाले गाउँ , गाउँमा कहिले काँही जाँने र स्थानीय सरकार संग सम्पर्क नै नगरी फर्कने गरेको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले आरोप लगाउँनुभयो । अव सावन १ गते देखि बनका कर्मचारी बारेकोट गाउँपालिकामा नगए त्यसको परिणाम राम्रो नहुँने शाहले चेतावनी दिनुभयो ।
त्यस्तै जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णवहादुर केसीले बनका कर्मचारीको काम गर्ने तरिका र स्थानीय तहले काम गर्ने तरिका नमिलेको बताउनुभयो । स्थानीय सरकार संग सम्पर्क नै नगरी मन परी तरिकाले चल्न खोजे सावन १ देखि त्यसको सन्देश राम्रो नजाँने उहाँले बताउनुभयो । सवै कार्यालयका कर्मचारी गएर स्थानीय सरकार संग मिलेर काम गर्न हुँने तर बनका कर्मचारी गएर कसैसंग सम्पर्क नै नगर्ने तरिकाले अव धेरै दिन आफहुरु सहेर वस्ने नसक्ने बारेकोट गाउँपालिकाका अध्यक्ष शाहको चेतावनी छ । गाउँ गाउँमा वन्यजन्तु , जडिवुटी, चोरी निकासी व्यापक छ तर गाउँपालिकाले सो कार्य नियन्त्रण गर्न खोज्दा बनका कर्मचारीले हामीलाई अधिकार क्षेत्र भन्दा बाहिर गएर काम गरेको आरोप लगाउँनुहुन्छ , तर उहाँहरु कहिले पनि चोरी निकासी नियन्त्रण गर्न सक्नुहुन्न ? यो तरिकाले कसरी बन जोगिन्छ शाहले भन्नुभयो । कहिले काँही गएर सामुदायिक बनका समुह संग पैसा माग्ने गरेको पाइएको छ , यो कार्य निरन्तर भयो भने यसको परिणाम राम्रो नहुँने उहाँको चेतावनी छ । अर्का छेडागाड नगरपालिकाका नगरप्रमुख लालवहादुर महतराले हामी अधिकार क्षेत्रका विषयमा दुवै थरि झगडा मात्र गर्ने , गाउँ गाउँमा चोरी निकासी नियन्त्रण तर्फ ध्यान कसैले नदिनेहो भने समस्य जहाँ थियो त्यही हुन्छ , तेस्रो व्यक्तिले फाईदा उठाउने अवस्था भएको बताउनुभयो । तुरुन्त सावन १ देखि बनले आफ्ना कर्मचारी स्थानीय तहमा पठाएर काम गर्ने बातारणलाई सहज गराउन महतराले आग्रह गनुभयो ।
जिल्ला बन कार्यालय जाजरकोटले स्थानीय तहका प्रमुख , पत्रकार , जिल्लाका सरोकारवाला निकायको उपस्थितीमा आफ्नो वार्षीक कार्यक्रम सार्वजानिक गर्ने क्रम्मा बन कार्यालय र स्थानीय सरकारका प्रमुख वीच दोहोरी चलेको हो । जिल्ला बन कार्यालयका प्रमुख उपेन्द्र पट्टेलले ८ जना अधिकृतको दरवन्दीमा २ जना मात्र भएको र अन्य दरवन्दी पनि खाली भएका कारण काम गर्न नसकेको बताउनुभयो । सावन १ देखि स्थानीय तहमा कर्मचारी पठाउने तयारी भएको बताउनुभयो । अहिले गाउँ गाउँमा अधिकार क्षत्रका विषयमा विवादका कारण बारेकोट गाउँपालिका र जुनिचाँदे गाउँपालिकामा व्यापक चोरी निकासी बढेको पाईएको छ । बन मन्त्रीको जिल्लामा काम अन्य भन्दा राम्रो हुनुपर्ने सवै सहभागिले जोड दिए ।




सम्बन्धित समाचार


error: Content is protected !!