विनापानी औषधि निल्दा

खासगरी औषधि पानीसँग खानुपर्ने हुन्छ । तर, कतिपयले पानीविनै औषधि खान रुचाउँछन् । या भनौँ पानी नहुँदा पनि औषधि खान भने रोक्दैनन् । यदि तपाईं पनि पानीविना औषधि निल्नुहुन्छ भने यस्तो क्रियाकलापलाई तत्कालै बन्द गर्नुपर्छ । यस्तो बानीले रोग निको हुनुको साटो उल्टै स्वास्थ्यमा हानि पु-याउँछ । यी हुन् पानीविना औषधि निल्दाका हानि :
० विनापानी औषधि निल्दा एसोफेगस अर्थात् घाँटीको नलीमा क्षति पुग्ने गर्छ । यसकै कारण औषधि निल्ने समय कहिलेकाहीँ आँखाबाट आँसु पनि झर्ने गर्छ ।
० पानीविना औषधि निल्दा घाँटीको नली पोल्ने गर्छ । त्यति मात्र होइन, सुत्ने समयमा समेत दुख्ने र पोल्ने समस्या हुन्छ । यस्तो दुखाइ ट्याबलोयडको आकारमा पनि निर्भर गर्छ ।
० हाम्रो घाँटीको नली कमजोर मांसपेशीबाट बनेको हुन्छ । त्यसैले निल्न खोजेको ट्याबलोयड घाँटीको नलीमा अल्झिए सम्बन्धित ठाउँमा निकै ठूलो हानि पु-याउँछ । यसले घाँटीका विभिन्न तन्त्रमा दुखाइको समस्या निम्त्याउँछ । यसकै परिणाम श्वासप्रश्वासमा समेत अवरोध सिर्जना हुन्छ ।
० विनापानी औषधि प्रयोग गर्दा अल्सर हुने सम्भावना पनि उत्तिकै हुन्छ । टर्कीमा भएको एक अध्ययनअनुसार कुनै पनि ड्रग्सबाट एसोफेगसमा अल्सर हुने गर्छ । भिटामिन सीको ट्याब्लोयड चपाएर खाँदा पनि यस्तो समस्या निम्तिन सक्छ ।










