नुन कम र बढी दुवै हानिकारक

स्वादका रूपमा नुनलाई संसारभर अनिवार्य रूपमा लिने गरिन्छ । तर, यो स्वादका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि उत्तिकै आवश्यक छ । तर, यसको मात्रा बढी वा कम लिएमा भने स्वास्थ्यमा हानि पुग्छ । विश्व स्वास्थ्य संगठनका अनुसार एक दिनमा पाँच ग्रामभन्दा बढी नुन खानुहुँदैन । नुनले रक्तचापलाई सन्तुलित राख्नुका साथै हर्ट डिजिजको खतरासमेत कम गर्छ । तर, यसको मात्रा बढी भएमा भने विभिन्न समस्या निम्तिने गर्छ ।

कुन नुन स्वस्थकर

– बजारमा विशेषगरी तीन प्रकारका नुन उपलब्ध हुन्छन् । ती हुन्– सामान्य, समुद्री र रक नुन ।
– सामान्य भनेको रिफाइन गरिएको नुन हो । यसलाई उच्च तपक्रममा तयार पारिन्छ । यसरी उच्च तापक्रममा तयार पार्दा नेचुरल मिनरल्स सकिएर जान्छ । रिफाइनपछि यसमा सोडियम, पोटासियम र आयोडिनजस्ता मिनरल्स समावेश गरिन्छ । रङ बढाउनको लागि सोडियम, सोडियम बाइकार्बोनेट र डेक्सट्रोजको पनि मिश्रण गरिन्छ ।
– बजारमा पाइने अर्को नुन हो, समुद्री । यसलाई समुद्रको पानी वाष्पीकरण गरी तयार पारिएको हुन्छ । यसमा नेचुरल मिनरल्स जस्तो कि पोटासियम, आइरन र जिंक हुन्छ । सामान्य नुनको तुलनामा यसलाई नियमित खानामा समावेश गर्दा राम्रो हुन्छ । यसको स्वाद पनि सामान्यकोभन्दा फरक हुन्छ ।
– नुनको अर्को प्रकार हो, रक साल्ट । यस्तो नुन बढी पाकिस्तानमा बन्ने गर्छ । यसलाई नेपालीमा बिरेनुन, सिदेनुन पनि भन्ने गरिन्छ । आइरन अक्साइडका कारण यस्तो नुनको रङ गुलाबी खालको हुन्छ । यसमा क्याल्सियम, पोटासियम र म्याग्नेसियमको मात्रा हुन्छ । यसमा सोडियमको मात्रा भने थोरै कम हुन्छ । रिफाइन साल्टको तुलनामा यो बढी स्वस्थकर मानिन्छ ।

शरीरका लागि कति आवश्यक रु

– नुनमा ४० प्रतिशत सोडियम र ६० प्रतिशत क्लोराइड हुने गर्छ । यी दुवै तत्व स्वास्थ्यका लागि आवश्यक हुन्छ ।
– मसल्स नर्व र रक्तचापलाई सन्तुलनमा राख्न सोडियम आवश्यक पर्छ ।
– त्यस्तै, नुनमा पाइने अर्को तत्व भनेको सोडियमपछि क्लोराइड हो, जुन तत्व रगतमा अत्यधिक हुन्छ । रगतमा क्लोराइडको मात्रा कम हुँदा शरीरमा कार्बनडाइअक्साइडको स्तर बढेर जान्छ, जसका कारण ब्लडमा एसिडको समस्या हुन्छ ।

नुन बढी खाँदा

– शरीरमा नुनको मात्रा बढी भएमा कैयौँ शारीरिक समस्या निम्तिने गर्छ । शरीरमा पानीको कमी हुने, निश्चित अंगमा पानी जम्मा हुने, शरीर सुन्निनेजस्ता समस्या हुन्छ, जसलाई ‘वाटर रिटक्सन’ पनि भन्ने गरिन्छ ।
– त्यस्तै, बढी नुन खाँदा मिर्गौलामा पत्थरी, उच्च रक्तचाप, मुटुमा समस्या, पेटमा अल्सर, धमनीमा क्षतिलगायतका गम्भीर समस्यासमेत हुने गर्छ ।

कसरी कन्ट्रोल गर्ने

– सकेसम्म खानामा नुनको मात्रा कम गर्नुपर्छ ।
– मानिसले प्रायः खानेकुरामा नुन छर्केर खाने गर्छन् । जुन स्वास्थ्यका लागि खतरनाक मानिन्छ ।
– फास्टफुड र जंकफुड खानबाट बच्नुपर्छ । किनकि, यस्ता खाद्यपदार्थमा नुनको मात्रा अधिक हुन्छ ।
– घरमै खाना बनाई खानुपर्छ । र, खानामा धनियाँ, खुर्सानी, जायफल, अदुवालाई मिश्रण गर्नुपर्छ । यस्ता मसलाले बढी नुन खाने बानी छुटाउन मद्दत गर्छ




सम्बन्धित समाचार


error: Content is protected !!