इन्जीनियर सेवाग्राहीबाट घुस लिदालिदै नेपालगन्जको एक होटलबाट अख्तियारको फन्दामा

बाँकेका डुडुवा गाउँपालिका इन्जीनियर सेवाग्राहीबाट घुस लिदालिदै नेपालगन्जको एक होटलबाट अख्तियारको फन्दामा परेका छन् ।
अख्तियार दुरुपयोग आयोगको कार्यालय कोहलपुरबाट खटिएको टोलिले सेवाग्राहीबाट १ लाख नगद घुस लिईरहेको अवस्थामा इन्जीनियर तेजराज खड्कालाई रंगेहात पक्राउ गरेको हो ।
नेपालगन्जको विपी चोकमा रहेको दङ्गाली मःम सेन्टरबाट घुस रकम सहित रंगेहात अख्तियारको टोलिले नियन्त्रणमा लिएको थियो ।
ईन्जिनीयर खड्काले डुडुवा गाँउपालिका हिरमिनियास्थित माटो पटान तथा ग्राभेल सडक निर्माण कार्यको प्रतिवेदन तयार गर्ने प्रयोजनका लागी सेवाग्राहीसग घुस रकम माग गरेको सूचनाका आधारमा उनलाई घुस रकम सहित रंगेहात नियन्त्रणमा लिइएको अख्तियार कोहलपुरका निमित्त कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।










