प्रमुख जिल्ला अधिकारी र समन्वय प्रमुख द्वारा स्वास्थ्य चौकी अनुगमन

रुपलाल बोहोरा
डोल्पा ः जिल्ला समन्वय समिति का प्रमुख र प्रमुख जिल्ला अधिकारी सहकार्य मा त्रीपुरासुन्दरी नगरपालिका को स्वाथ्य चौकी तथा प्रसुति गृह को सयुक्त अनुगमन गरेका छन् । गरिबी निवारण का लागी लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ग्रामीण परिवेश नेपाल ले आयोजना गरेको सिप विकास तालिम हरुको अनुगमन गर्ने क्रममा शुक्रवार त्रीपुरा सुन्दरी नगरपालिका को वडा न ७ को पाहाडामा पर्ने स्वास्थ्य चौकी को अनुगमन गरेका हुन् । अनुगमनको क्रममा स्वास्थ्य चौकी की भ्याक्सीनेटर तिला शाही गत जेठ २२ गते बाट असार को २२ गते एक महिना सम्म हाजिर नगरेको पाइएको छ । भ्याक्सीनेटर शाही त्रीपुरा सुन्दरी नगर पालिका बाट नियुक्त भएको स्वास्थ्य चौकी का अहेव टेक नाथ योगी ले बताए । योगी ले भने ु यो समयमा कुनै औषधि को समस्या नभएको र दैनिक ३० देखि ४० सम्म बिरामी उनले बताए ।
अनुगमन मा स्वास्थ्य चौकी का सहयोगी कमला शाही पनि अनुपस्थित रहेको पाइएको छ । प्रजिअ भुपेन्द्र थापा ले स्वास्थ्य चौकी मा कार्यालय को हाजीर लाई ब्यबस्थित गर्नु पर्ने सुझाब दिए ।
समन्वय समितिका प्रमुख शेर बहादुर बुढा ले यस्तो गाउँ मा पनि अति ब्यवस्थीत भवन भएको र कर्मचारी ले लापरबाही नगर्न आग्रह गरे । प्रमुख बुढा ले संघियताको को मुल मर्म नै सेवा को बिकेन्द्रिकृत भएको बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!