वडा नं ६ मा बत्ति बल्यो

ज्ञानु गौतम रुकुम
रुकुम पश्चिम चौरजहारी नगरपालिकाको वडा नं ६ मा बत्ति बलेको छ । सेतीगाड लघु जलविद्युत आयोजनाबाट १८ किलोवाट बिधुत उत्पादन गरीएको आयोजना उपभोक्ता समितिका अध्यक्ष सुरबिर बुढाथोकीले जानकारी दिनुभयो । उहाँले अहिले परीक्षणकालागि पावर हाउसमा बत्ती बालेको र केहिदिनमा गाउँमा लाइन बिस्तार गरिने बताउनु भयो । बत्ती बलेपछि भने स्थानीयहरु खुसी भएका छन । बषौ देखि बत्ती बाल्ने आश पूरा हुने स्थानियको भनाई छ । रुकुम उज्यालो कार्यक्रम अन्तरगत २०६६ सालमा उक्त योजना निर्माण गर्न सुरु गरिएको थियो । वैकल्पिक उर्जा पर्बद्धन केन्द्रको ५३ लाख ,गरिबी निवारणको २१ लाख , चौरजहारी नगरपालिकाको १५ लाख र साविकको पुर्तिमकाँडा गाविसको ८ लाख गरि जम्मा ९२ लाख रुपैया स्थानियबासिको ८० दिन बराबरको श्रमदानबाट उक्त बिद्धुत बलेको वडा अध्यक्ष जयलाल महताराले जानकारी दिनु भयो । बिधुतलाईन बिस्तार गरेपछि वडा नं ६ का बाट २ सय घरधुरी ले बिधुत प्रयोग गर्ने छन ।










