थापाचौरमा शहरी स्वास्थ केन्द्र उद्घाटन

सल्यान  । बनगाड कुपिण्डे नगरपालिकाको वडा न ७ को ढोरपिपल र वडा न १० को माझकाडाको थापाचौरमा शहरी स्वास्थ केन्द्र नगर प्रमुख गोविन्द कुमार पुन द्धारा उद्घाटन भएको छ ।
नगर प्रमुख गोविन्द कुमार पुनको प्रमुख अतिथिमा बिशिस्ट अतिथि जिल्ला स्वास्थ कार्यालय प्रमुख डा अर्जुन बुढा, डा हेमराज शर्मा, डा तारा रिजाल, नगर स्वास्थ सयोजक बासुदेब पोखरेल लगाएको उपस्थिति रहेको थियो । नगर प्रमुख पुनले सम्पुर्ण नगरपालिका जनतालाई स्वास्थ क्षेत्र बाट कोहि पनि बन्चित हुना नदिना यो स्वास्थ केन्द्र स्थापन गरिएको बताउनु भएको छ । सामान्य चेकजाँच गर्नेको लागि पनि धेरै टाढा जानुपर्ने बाध्यता हटेको बताउनु भएको छ । यस स्वास्थ केन्द्र बाट ७,८,१० र ११ न वडाका जनता लाभान्वित हुने भएका छन । बिगत एक वर्ष पहिले उद्घाटन हुने भनिएको स्वास्थ केन्द्र विविध कारणले ढिला भए पनि अब आज देखि सेवा दिने बताउनु भएको छ । साथै अन्य क्षेत्रमा पनि सेवा बिस्तार गर्ने र अहिले उक्त स्वास्थ केन्द्रमा ज्ब् एक जना र अनमी एक जना भए पनि निकट भविस्यमा नै कार्यालय सहयोगीको व्यवस्थापन गर्ने बताउनु भएको छ । उक्त कार्यक्रमको वडा न ७ अध्यक्ष भोपाल के सि अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन खुम प्रकाश बस्नेतले गर्नु भएको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!