अनिताको पहलमा ब्लड क्यान्सर पिडित एलिस्नालाई आर्थिक सहयोग

काठमाडौँ
सारंग नगरपालिका ३ पाँचथर कि ४ बर्षिया एलिस्नाराई बिगत १ वर्षा देखि ब्लड क्यासर भई थलिए कि छिन ,यति सानै उमेरमा ब्लड क्यान्सर हुदा घर मा उपचार गर्ने अबस्था नभए पछी बाबु मिलन राइले सानी ४ बर्षिया छोरीलाई लिएर काठमाडौँ आएका थिए।घरमा आफ्नै जन्म दिने आमाले छोडेर गए पछि एलिस्ना केवल आफ्ना बाबु संग थीइन,मिलन राई बैदेशिक रोजगारको शिलशिलामा प्रबाशमा रहदा मिलन कि श्रीमती अर्थात एलिस्ना कि आमाले उनलाई छोडेर अर्कै बिहे गरेर गएकी थीइन ।
मिलन प्रबाश बाट फर्केपछी सानी छोरी एलिस्नालाई एक्कासी ब्लड क्यान्सर भएको थाहा पाए पछि उनि झसंग भएका थिए,घरका अमुल्य सपना बोकेर प्रबाश हिडेका मिलन घर मा सानी छोरीलाई छोडेर भागेपछि मिलनको धन कमाउने सपना पुरा हुन सकेन।उनि घर फर्के ,घर फर्के लगतै छोरीलाई यस्तो भएको थाहा पाएपछि उनको छोरीलाई उपचार गर्ने क्षमता थिएन,अनि उनि सानी छोरी बोकेर काठमाडौँ आएका थिए।उनले काठमाडौँ आएर बिभिन्न निकाय तथा संचार माध्यम सबै तिर आफ्नी सानी छोरी बचाई दिन अपिल गरेका थिए,त्यस्तै क्रममा विभिन्न माध्यम देश तथा विदेश बाट सहयोग संकलन भएको थियो। हङकङमा बसेर पिडित दुखि असहायको सेवा र सहयोग गर्दै आएका अनिता आन्गछांबो लिम्बु,नेत्र लिम्बु लावती,संगीता लिम्बुको नेतृत्वमा जम्मा ४ लाख ११ हजार १ सय ६ रुपैया सहयोग भएको छ।

जस अन्तरगत अनिताको सहयोग संकलन अभियानमा बिभिन्न देशबाट पनि सहयोग संकलन अभियान जोडिएको थियो।हंगकंग लगायत बिभिन्न देशबाट सो रकम संकलनको अभियान चलेको थियो। सहयोगी अभियन्ता अनिताले हङकङबाट मात्र ९०जना सहयोगी मनहरुबाट सहयोग भएको बताईन। ।त्यस्तै कुवेत,नेपाल तथा अन्य थुप्रै देशबाट थुप्रै सहयोगी व्यक्तित्वबाट संकलन गरि ४ बर्सिया एलिस्नाको जिबन बचाउनमा लागेको अभियन्ता अनिताले जानकारी दिईन।ब्लड क्यान्सर पिडित एलिस्नालाई नेपालमा उपचार हुन नसकेपछि भारत लिन लागिएको बाबु मिलनले जानकारी दिए।साथै अहिले सम्म उपचारका लागी बिभिन्न माध्यमबाट रु३१ लाख संकलन भएको बताए।










