अलैचि को बिरुवा रोपियो

ज्ञानु गौतम ,रुकुम
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको वडा नं ६ र ९ लाई अलैचि खेति पकेट क्षेत्र घोषणा गरीएको छ । पकेट क्षेत्र घोषणा गरे सँगै वडा नं ६ को साक्चामा र वडा नं ९ को पानिखोलामा अलैचिका बिरुवा रोपिएको छ ।

वडा नं ६ मा ७५ हजार र ९ मा ४२ हजार गरी जम्मा एकलाख सत्र हजार अलैचिका बिरुवा लगाएको चौरजहारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप सुनारले जानकारी दिनुभयो । अलैचि खेतिका लागि नगरपालिकाले १५ लाख आर्थिक सहयोग गरेको प्रमुख प्रशासकिय अधिकृत सुनारले भन्नु भयो । बाह्रै महिना चिसो र खेर गईरहेको जमिनको सदुपयोग गर्दै राम्रो आम्दानि लिन सकिने नगर प्रमुख बिशाल शर्माले बताउनु भयो ।

नगर प्रमुख शर्माले भन्नुभयो नगरलाई कृषिमा आत्मनिर्भर बनाउने निति रहेको छ त्यहिअनुरुप काम गरीरहेका छौ यो सरुवात हो । अलैचिमा राम्रो आम्दानि हुने भएपछि कृषकहरु भने खुसि भएका छन




सम्बन्धित समाचार


error: Content is protected !!