सयुक्त प्यानललाई झट्का, प्रथम उपाध्यक्षका उम्मेदवारको समर्थन प्रगतिशिल प्यानललाई

रुकुम पश्चिम–रुकुम उद्योग वाणिज्य संघको १२ औं अधिवेशनको लागि चुनाव प्रचार प्रसारमा रहेको सयुंक्त प्यानललाई झट्का लागेको छ । नवराज गिरी नेतृत्वको सयुक्त प्यानलको तर्फबाट प्रथम उपाध्यक्षका उम्मेदवार भाने विष्टले आफु उक्त प्यानलमा नरहेको घोषणा गर्नुभएको छ । आफूले नमान्दा नमान्दै पनि जवरजस्ती प्रथम उपाध्यक्षको उम्मेदवार बनाइदिएकाले आनो समर्थन सयुक्त प्यानलमा नरहेको उहा“को भनाई छ । उहा“ले राजनकुमार पुन नेतृत्वको प्रगतिशिल उद्योगी व्यवसायिक प्यानललाई समर्थन गर्नुभएको छ । प्रचार प्रसारमा झुल्नेटा बजार पुगेको पुन नेतृत्वको प्यानललाई समर्थन गरेको गर्दै विष्टले सयुक्त प्यानलको भ्रममा नपर्न सबै उद्योगी, व्यवसायी तथा व्यापारीहरुलाई अनुरोध समेत गर्नुभएको छ । ।
यसैबीच यही २२ गते उद्घाटन हुने अधिवेशनको प्रचार प्रसारमा दुवै प्यानल लागेका छन् । प्रगतिशिल प्यानलले मुसीकोट नगरपालिकाको खलंगा, सल्ले, बागजबर, सोलावाङ, बैगारीठा“टी, सानीभेरी गाउ“पालिकाको सिम्ली, गरायलामा प्रचार प्रसार अभियान सकेको छ । यसैगरी त्रिवेणि गाउ“पालिकाको झुल्नेटा, सिम्रुतु पनि प्रचार प्रसार कार्यक्रम भैसकेको जनाएको छ । महासचिव पदका उम्मेदवार धनबहादुर खड्का वसन्तले विभिन्न बजारका उद्योगी, व्यवसायीलाई एजेण्डा सहित मतदानका लागि आह्वान गर्दै हिडेको बताउनुभयो । हामीले हाम्रा एजेण्डा राखेका छौं, र सहयोगको लागि अनुरोध गरेका छौ., हामी उत्साहित हुने गरी प्रतिक्रिया आइरहेको छ, खड्काले भन्नुभयो । प्रचार प्रसारको क्रममा व्यापारीस“ग छलफल, अन्तरक्रिया, व्यक्तिगत तथा सामुहिक भेटघाट, सम्बन्धित बजारका समस्या, समाधानका लागि गर्न सकिने उपायका विषयमा छलफल गरिरहेको खड्काले बताउनुभयो । अन्य बजारमा पनि प्रचार प्रसार गरिने पहिलो पटक प्रचार गरिसकिएका ठाउ“मा दोहो¥याएर प्रचार गर्ने योजना प्रगतिशिल प्यानलले बनाएको छ । पुनको उक्त प्यानमा प्रथम उपाध्यक्षमा कर्णबहादुर ओली, द्धितिय उपाध्यक्ष तुलसीराम बुढाथोकी, महासचिव धनबादुर खड्का बसन्त, सचिव शुशिल गौतम र कोषाध्यक्षमा दिलिप थापाले उम्मेदवार छन् । यस्तै गरी गिरी नेतृत्वको सयुंक्त प्यानलले पनि जिल्लाका विभिन्न बजारमा प्रचार प्रसार जारी राखेको छ ।






