भेरी खवरका सहकमी सहित वुढा पुरस्कृत

रुपलाल बोहोरा
डोल्पा, जिल्ला युवा समिति डोल्पा को आयोजनामा युवा उद्यमी तथा प्रतिभा सम्मान कार्यक्रम सम्पन्न भएको छ । यसका साथै सम्बृद्ध नेपाल सुखी नेपाली अभियानमा युवा को भुमिका विषयक बक्तृत्व कला कार्यक्रम पनि सम्पन्न भएको छ ।
सम्मानित हुनेमा ठुली भेरी नगरपालीका वडा न ५ का युवा उद्यमी शिवानन्द बोहोरा ले जडीबुटी तथा कृषक विधामा, लेख बहादुर बुढा मुड्केचुला गाउपालीका वडा न ६ का युवा ले डोल्पाका विभिन्न स्थानिय तहलाई विभिन्न देश विदेशमा चिनाएको भन्दै कला सस्कृती विधा बाट र जगदुला गाउपालीका ३ का युवा यम बहादुर बोहोरा ले काष्ठ उद्योग चलाए बाफत मा ३ जनालाई सम्मानित गरिएको छ । छनौट भएका यी युवाहरुलाई जनही रु ५ हजार र प्रमाण पत्र प्रदान गरिएको छ ।
युवाहरु लाई विभिन्न व्यवसाय द्धारा देशमा ठुलो परिवर्तन ल्याउन का लागी विगत केही बर्ष एता डोल्पामा पनि हाल को शिक्षा विकास तथा समन्वय इकाई संग सहकार्य गर्दै कार्यक्रम हरु संचालन गर्दैआएको छ । युवाहरुलाई ब्यबसाय बनाउन का लागी यो मा विभिन्न युवाहरु प्रभावित बन्दै गएको छन् । त्यस्तै विभिन्न विधा मा रहेर समाज मा केही परिर्वन गरे बाफत मा केही महिना अगागी जिल्ला युवा समिति कार्यलय डोल्पाले प्रस्तावन को आव्हान गरेको थियो । सोही पेश भएका प्रस्तावनाको आधारमा सबैका मुल्यान्कन गरी जिल्ला का विभिन्न स्थानिय तहहरु बाट प्रस्तावन हरु दर्ता गरेका थिए ।
यसका साथै विभिन्न विद्यालय मा पत्र मा बक्त्रृत्व कला को लागी पत्र पठाएको भएता पनि सरस्वती माविका विद्यार्थीहरुले बाहेक अन्य विद्यालय कुनै ले पनि भाग लिएका छैनन् । बक्तृत्व कलामा भाग लिएका मध्य विणय बोहोरा प्रथम, रेखा बोहोरा दिृतिय, रेशम मल्ल तृतिय भएका छन् । त्यसै गरी राजेन्द्र कार्की भने सान्तव्ना भएका छन् । प्रतियोगितामा भाग लिएका प्रथम लाई रु ४ हजार , दृतिय लाई रु ३ हजार , तृतिय लाई रु २ हजार र सान्त्वना लाई रु १ हजार सहित प्रमण पत्र पनि प्रदान गरिएको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख सिंह राज डागी ले जनाकारी दिनु भएको छ ।
कार्यक्रम अगुवा स्रोत केन्द्रको भवनमा एक औपचारिक काईक्रम गरी मनाइएको थियो । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख शेर बहादुर बुढा को प्रमुख आथित्य , प्रमुख जिल्ला अधिकारी भुपेनद्र थापाको विशेष आथित्यता मा कार्यक्रम सम्पन्न भएको जिल्ला युवा समिति कार्यलय डोल्पा का सचिब तुल चन्द्र बुढा ले जानाकारी दिनु भएको छ ।










