मानव अधिकार उलंघनका घटना सार्वजनिक

जाजरकोट ः अनौपचारिक सेवा क्षेत्र केन्द्र ईन्सेकले शनिवार जाजरकोटमा मानव अधिकार उलंघनका घटना सार्वजनिक गरेको छ । मानव अधिकारका घटनाको अर्धबार्षिक समिक्षा कार्यक्रमको आयोजना गरेर जाजरकोटमा गत पुस १७ अर्थात जनवरी १ देखि यता भएका घटना सार्वजनिक गरेको हो ।
ईन्सेकका जिल्ला प्रतिनिधी दिनेश कुमार श्रेष्ठले प्रस्तुत गरेको अर्धवार्षिक प्रतिबेदनमाम घ श्रेणीको १० जना कैदीको क्षमता रहेको कारागारमा हाल ५३ जना बन्दीहरु रहेकोले उनीहरुलाई बस्न र सुत्न निकै समस्या रहेको उल्लेख छ । त्यस्तै प्रतिवेदनमा हत्या २, बहुविवाह १, कुटपीट ७, बलत्कारका घटना ४ उल्लेख गरिएको छ । स्थानिय तहमा निर्वाचित जनप्रतिनिधीहरुलाई गत २४ चैत्रमा पत्र पठाएर राजिनामा दिन उद्धि जारी गदै मानव अधिकार उलंघन गरिएको प्रतिवेदनमा समेटिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले ईन्सेकले मानव अधिकार बर्ष पुस्तकमा यथार्थ घटना समेटन आग्रह गदै मानव अघिकार र कानुनी राज्य स्थापनामा राज्यका निकायबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । कार्यक्रममा जिल्ला अदालतका श्रेस्तेदार मेघनाथ चपाइ, प्रेस युनियनका केन्द्रिय सदस्य राजेन्द्र कार्की, गैसस महासंघका वीरबहादुर बस्नेत, मानव अधिकार संगठनका केदारबहादुर शाह, अधिवक्ता सहदेव जंग शाह लगायतका बक्ताले जिल्लाको मानव अधिकारको स्थिति र अवस्थाबारे प्रकाश पारेका थिए ।
हेमन्त के सी










