नीति,कार्यक्रम तथा बजेट पारित गर्ने पहिलोपालिका

ज्ञानु गौतम रुकुम
चौरजहारी नगरपालिकाले आगामी वर्षको लागि नीति, कार्यक्रम तथा बजेट आइतबार पारित गरेको छ । नीति, कार्यक्रम तथा बजेट पारित गर्ने यो पहिलो पालिका भएको छ । रुकुम पश्चिममा ३ वटा गाउँपालिका ३ वटा नगरपालिका गरी जम्मा ६ वटा पालिका भएपनि चौरजहारी नगरपालिका र मुसिकोट नगरपालिका बाहेक अरुले आइतबार नीति, कार्यक्रम तथा बजेट पारित गरेनन चौरजहारी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ३६ करोड ५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको हो जस मध्य पुँजीगततर्फ ७ करोड ९७ लाख ९ हजार र चालुतर्फ ५ करोड ५५ लाख बजेट रहेकोे छ । अन्य बजेट बिभिन्न योजनामा बिनियोजन गरीएको छ । चौरजहारी नगरपालिकाको सभाहलमा भएको चौथो नगरसभामा उप प्रमुख राधा रोकाले निति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नु भएको थियो । नगरसभामा निति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै नगरपालिकाका उप प्रमुख रोकाले जमिन वाझो राख्ने कार्यलाई निरुत्साहित गरिने, प्रत्यक वडाहरुमा श्रम सहकारी गठन गरि विकास कार्य अगाडी बढाईने,उत्कृष्ठ करदाता सम्मान कार्यक्रम, एक ठाउ एक प्रविधी शिक्षा नितिलाई अवलम्वन गरिने , नगर अस्पताल बनाउने , मा.वि. स्तरका विद्यालयहरुमा प्राविधिक शिक्षा सञ्चालनका लागि पहल गरिने, आधारभुत तहदेखी मा.वि. तह सम्मको विद्यालमा कम्प्युटर शिक्षालाई जोड दिइने, कर्मचारी प्रोत्साहन भत्ता सम्बन्धि मापदण्ड निर्माण गरि प्रोत्साहन भत्ताको सुरुवात गरीने, बालविवाह न्यनिकरण गर्न जनचेतना मुलक कार्यक्रमहरु गर्नेे निति नगरपालिकाले अघिसारेकोे बताउनु भयो । नागरिकबाट प्राप्त हुने जनगुनासोको तत्काल सम्बोधन गरीने , प्याराग्लाईडिङ्गको लागि छलफल अगाडी बढाइने ,¥याप्टीङ्ग सेवाको छलफल अगाडी बढाई पर्यटन विस्तारमा अघि बढ्ने नगरपालिकाले निति बनाएको छ । कार्यक्रममा उपप्रमुख राधा रोकाले वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाको विकासको लागि सीमित बजेटबाट नगरपालिकाले आफ्ना कार्यक्रमहरुलाई अघि बढाएको बताउनुभयो । नगरसभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि वडा अध्यक्ष ,सदस्य लगायतले आ आफ्ना धारणा राखेका थिए । चौरजहारी नगरपालिकाका नगर प्रमुख बिशाल शर्माको सभाध्यक्ष र जिल्ला समन्वय समिति सदस्य चमेलि सुनारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरपालिकाको १४ वटै वडाका जनप्रतिनिधि, सदस्य, नगरपालिका तथा वडा कार्यालयमा कार्यरत कर्मचारी लगाएत अन्यको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै सभाध्यक्ष एबं नगर प्रमुख बिशाल शर्माले संविधानले दिएका अधिकार प्रयोग गरीे सीमित बजेटबाट पनि महत्वपूर्ण उपलब्धी हाँसिल सकिने बताउदै समृद्ध नगरपालिका निर्माण गर्नमा जनप्रतिनिधिहरु लाग्नुपर्ने बताउनु भएको थियो । उहाँले कानुनको परिधिभित्र रहेर विकास निर्माणका कार्यक्रमहरु सञ्चालन गर्न र सुशासन र पारदर्शितामा जोड दिन आग्रह गर्नुभयो । कार्यक्रममा प्रमुख शर्माले दीगो विकास र छिटो प्रतिफल दिने योजनाहरुबाट चौरजहारी नगरपालिकाको विकास कसरी गर्न सकिन्छ भन्ने बारेमा अझै वहस हुनु जरुरी रहेको धारणा राख्नुभयो । साथै कार्यक्रममा बिभिन्न क्षेत्रबाट नगरपालिकालाई समृद्ध नगर बनाउन सहयोग गर्ने संघ सस्था र व्यक्तिलाई पुरस्कार नगद सहित सम्मान पत्र प्रदान गरिएको थियो । नगर सभाको प्रमुख प्रशाशकिय अधिकृत प्रदिप सुनारले सञ्चालन गर्नु भएको थियो ।










