सुक्रबार सम्म तलव नदिए जाजरकोट अस्पतालका सवै सेवा वन्द हुँने

जाजरकोट । हरेक महिना तलव वुझदै आएका स्वास्थ्यर्मीहरु पाँच महिना देखि तलव नपाउँदा आन्दोलित भएका छन् । भेरी नगरपालिकाले समयमै तलव नदिएको भन्दै स्वास्थ्यर्मीहरु वुधबार देखि आन्दोलनमा उत्रिएका हुँन् ।
वुधबार देखी कालो पट्टी बाँधेर काम गरेका स्वास्थ्यकर्मीले विहिवार मध्यान्ह १२ बजेसम्म आकस्मिक बाहेकका सवै सेवा बन्द गरेर विरोधमा उत्रिएका छन् । यस अघि हरेक महिना तलबभत्ता बुझ्दै आएका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य संस्था स्थानीय तह मातहतमा गएपछि समयमा तलब खान नपाएको बताएका छन् । भेरी नगरपालिलका मातहतका स्वास्थ्य चौकी र जाजरकोट अस्पतालमा कार्यरत चिकित्सक देखि कार्यालय सहयोगीले गत फागुन देखि तलब भत्ता वुझन नपाएका बताएका हुँन् । शुक्रवार सम्म तलब निकासा नगरिए सवै सेवा ठप्प पारिने जाजरकोट अस्पतालका प्रमुख डा.राजेन्द्र लामाले बताउनुभयो ।
जाजरकोट अस्पतालमा कार्यरत ५७ स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी र नगरपालिकामा कार्यरत ३४ जना स्वास्थ्यकर्मीले समयमा तलब भत्ता पाउन नसकेका हुन् । गत फागुन देखि तलब खान नपाउँदा घरखर्च चलाउन मस्किल भएको कर्मचारीको गुनासो छ ।
भेरीनगरपालिकाका लेखापाल डम्बर विष्टले रकम निकासा नभएकोले स्वास्थ्यकर्मीलाई तलब खुवाउन नसकिएको बताउनुभयो । यस अघि निकासा भएको तलब सकिएको र फेरी निकासाका लागि कोष तथा लेखा नियन्त्रण कार्यालय मार्फत स्वास्थ्य सेवा विभागमा माग गरेपनि हालसम्म निकासा भएको छैन उहाँले भन्नुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!