मृतकका आफन्तलाई बिमित रकम भुक्तानी

लेख बहादुर बुढा
डोल्पा  ः एसियन लाईफ ईन्सरेन्स कम्पनीले डोल्पाका दुई जना मृतकका आफन्तलाई मृत्यू दावि रकम भुक्तानी गरेको छ । एसियन लाईफ ईन्सुरेन्स मा जीवन विमा गरेका बिमितहरुको निधन भएकोले आफन्तहरुलाई विमितको मृत्यु पछी पाउने रकम बुझाईएको एसियन लाईफ ईन्सुुरेन्स उपशाखा डोल्पाले जानकारी दिएको छ ।
ठुलीभेरी नगरपालीका वडा नं.८ जुफालका काली बुढाको केहि महिना अगाडी मृतु भएपछी मृतु पछी पाउने जम्मा १ लाख ५ हजार १ सय ४१ रुपैया मृतका आफन्त सुन्दर बुढालाई ठुलीभेरी नगरपालीकाका मेयर गरेश बहादुर शाही द्धारा हस्तान्त्रण गरिएको एसियन लाईफ ईन्सुरेन्स उपशाखा डोल्पाका ईन्चार्ज डिल बहादुर बुढाले बताउनु भएको छ । मृतक कालि बुढाले एसियन लाईफ ईन्सुरेन्समा १ लाख एक हजारको विमा गर्नु भएको थियो भने उहाँले एक बर्षको किस्तामा बुझाउनु भएको थियो ।
यसैगरी त्रिपुरासुन्दरी नगरपालीका वडा नं. ६ का बिर्मित बुद्धी विटालुका आफन्तलाई पनी विमा मृत्यू दावि रकम भुक्तानी गरिएको छ । मृतक बुद्धी विटालुको केहि महिला आफ्नै काल गतीले निधन भएपछी उहाँका हक दावी आफन्त रुप विटालुलाई १ लाख ४ हजार ५ सय ३५ रुपैया हस्तान्त्रण गरिएको उपशाखा ईन्चार्ज बुढाले बताउनु भयो । मृतक विटालुले एसियन लाईफ ईन्सुरेन्स मा एक लाख एक हजार विमा गर्नु भएको थियो भने उहाँले पनी एक बर्षको मात्र किस्ता बुझाउनु भएको थियो । यो डोल्पा पहिलो पटक विमितका आफन्तहरुले पाउने रकम वितरण एसियन लाईफ ईन्सुरेन्स उपशाखा डोल्पाले जानकारी दिएको छ ।





error: Content is protected !!