ठुलो पद र भत्ता पचाउन सांसद भएको होईन ः सांसद शाही

(डोल्पा) ६ असार “म भत्ता पचाउन सांसद भएको होईन्,यदि मलाई पैसानै चाहिएको थियो भने मेरो आफ्नै ब्यवसाय छ,दुई तिनवटा डोजर छन्,त्यो सबै छाडेर राजनितिमा आएको छु डोल्पा प्रदेश सभा ख का सांसद बीर बहादुर शाहीले भने ।”
“म डोल्पाली जनताको बिकासको नासो बोकेर आएको छु,म जनताका लागि मर्नु परेपनि मर्न तयार छु र आफ्नो जिम्मेवारीबाट पन्छि ने छैन्”
“आजको युगमा पनि डोल्पा भोग,सोग र रोगमा डुबेको छ,यिनै जनताको आवाज बोकेर आएको मान्छे हु मलाई लोभ लालच भन्नु केहीपनि छैन्”सांसद शाहीले थपे ।
डोल्पा विकट त छँदै छ थुप्रै सम्भावना बोकेको जिल्ला पनि हो,जडिबुटी,पर्यटन,पशुपालन लगाएतका थुप्रै सम्भावना छन् ।तर यस्ता क्षेत्रको उचित बिकास तथा प्रचार प्रचार हुन सकेको छैन् ।
मेरो जिल्लाको शिक्षा,स्वास्थ्य,संञ्चारको अवस्थापनि दयालाग्दो छ ।बेरोजगारी बड्दो छ ।
प्रत्येक स्थानीय तहमा ब्यबसाय उन्मुख प्राविधिक शिक्षा बिस्तारगर्ने लक्ष्य छ उनले भने ।
“भेग अनुसारको बिकास हुनुपर्छ,हाम्रा डाँडापाखामा प्रशस्तै पाईने बहुमुल्य जडिबुटीहरु त्यसैखेर गईरहेका छन्,कतिपय जडिबुटीहरु सिधै बजारमा लगिन्छ,त्यसरी जडिबुटी बेच्दा हामीलाई करोडौँ रकम घाटा लागिरहेको हुन्छ,अब डोल्पामा जडिबुटी प्रशोधन केन्द्रको आवाश्यक छ ।
प्रशोधन पछि मात्रै निर्यात गर्न जडिबुटी प्रशोधन केन्द्रको माग सांसदमा उठाएको छु,मेरो कार्यकाल भित्रै पुरा गरेर छाड्ने छु ।प्रशोधन केन्द्रको स्थापना गरेपछि प्रत्यक्ष अप्रत्यक्ष्य रुपमा रोजगारीका अवसरहरु सिर्जना हुनेछन् शाहीले भने ।त्यस्तै चिन र नेपाल जोड्ने मोरिम्ला नाका पनि एउटा समृद्धिको आधार हो ।राष्ट्रिय गौरवको आयोजनामा परेको मोरिम्ला–रुपैहिडिया करिडोरलाई कर्णाली प्रदेश सरकारले प्राथामिकता साथ बिकास गर्नुपर्ने उनको भनाई छ ।यसले दुईदेश बिचको ब्यापार र अर्थतन्त्रमा ठुलो टेवा पु¥याउने छ ।
विकास बजेटमा डोल्पालाई प्राथामिकतामा पार्न मैले सदनमा पनि आवाज उठाए तर आसा गरेअुनसार सुनुवाई भएन् ।भलै सुनुवाई नगर्लान डोल्पालीका पिडा तर समस्याका बिषयमा आवाज उठाई रहने छु उनले भने ।बिकासमा पनि पँहुच र पावर चल्ने रहेछ अहिलेमात्र बुझे ।अझैपनि राज्यको नजर विभेदकारी छ ।प्रदेश सभामा विभिन्न समस्यामा जेलिएको डोल्पाको विकासगर्न कसैको सामुहिक आवाज निस्केन सबैजना आ आफ्नो क्षेत्रमा कतिधेरै बजेट लैजाने भन्ने ध्याउन्नोमा लागे ।यसो गर्दा मलाई सांसद पदप्रतिनै दयालागेर आयो ।मैले सोचे आफ्नो गाँउठाँउमा बिकासगर्न र बजेट धेरैपार्नकालागि मन्त्रीने बन्नुपर्दो रहेछ उनले भने ।यसपाली डोल्पाकालागि कमै बजेट छुट्एिको छ । डोल्पाका विभिन्न क्षेत्रमा बजेटद्धारा समेट्न सदनमै बोले तर सुनुवाई भएन् तैपनि करोड हाराहारिमा बजेट गएको छ ।थोरै भएपनि बिकासचाँही हुने बिश्वास छ ।अब आउने आवमा धेरै बजेटको पहल गर्नेछु उनले भने ।जिल्लाको विकासमा कहिल्यी पनि पार्टी,ब्यक्ति बिशेष छुट्याउने छैन् समग्र डोल्पाकालागि हितमा सोच्नेछु यो मेरो प्रतिबद्धता हो।
राजनितिक यात्रा
मेरो सोच अन्य ब्यक्तिको भन्दा फरक छ ।कुनै पनि कामको जिम्मेवारी लिईसकेपछि ईमान्दारी पुर्वक लागि परेर गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।डोल्पा प्रदेश ख नं क्षेत्रबाट निर्वाचित सांसद बिर बहादुर शाहीले भने पद ठुलो होईन काम कति गरिन्छ भन्ने कुरो ठुलो हो ।बिस २०२४ साल ५ महिना ५ गते साविकको रिमी गाविसमा जन्मेका थिए सासंद शाही ।उनको परिवापनि पहिलेदेखि नै राजनितिमा सक्रिय नै थियो ।उनका बुवा पञ्चायतकाल भित्रै गाँउ बिकास समितिको उपाध्यक्ष भएका थिए ।त्यसैगरि २०३६ सालमा जनमत संग्रह आईसकेपछि गाँउ गाँउमा जान बर्गिय संगठनको अवधारणा आयो ।२०३८ सालमा आमा महिला संगठन गाँउ कमिटीको सभापती हुनुभयो ।पारिवारको राजनितिक यात्राको सुरुवात र सफलतासँगै म पनि २०४६ सालपछि राजनितिमा लाग्ने योजना बनाए ।मैले राजनितिक बाटो रोज्नुमा मेरोमात्रै ईच्छा थिएन,घर परिवार र गाँउका दाजुभाईले पनि दबाब दिएका थिए ।देशमा प्रजातन्त्र आईसकेपछि २०४८ सालमा गाविस अध्यक्षमा मनोनयन पत्र दर्तागर्न गए,त्यतिखेर म युवानै थिए ।
गाँउले सबैको म नै उम्मेद्वार हुनुपर्छ भन्ने ईच्छा थियो ।तर मेरा आफन्त र अग्रज ब्यक्ति चुनावमा उठेकाले मैले हालेको पनि मनोनयन पत्र झिक्न बाध्य भए ।त्यसैगरि २०५३ सालमा गाँउलेको चाहाना अनुसारनै पुन गाविस अध्यक्षमा स्वतन्त्रबाट मनोनयन दर्ता गराए ।फेरी पनि मलाई चुनाव लड्न दिईएन ।मेरो पक्षमा धेरै मत भएकाले पनि मलाई त्यस पटक पनि मनोनयन पत्र झिक्न लगाईयो थियो ।बिस २०५२ सालपछि माओवादीले भुमिगत जनबर्गिय संगठन बिस्तारगर्न सुरु गरेको थियो ।२०५३ सालमा मलाई माओवादीले किसान संघको उपाध्यक्ष बनाईदियो ।गाँउमै बस्ने र बारम्बार माओवादीका नेता कार्याकर्तासँग भेटघाट भईरहने भएकाले माओवादीसँग धेरै नजिक भईयो ।२०५८ सालमा माओवादीले अभियानको रुपमा डोल्पाका विभिन्न ठाँउमा घुमायो ।यसपछि जस्तोसुकै परिस्थितिमा माओवादी पार्टी नछाड्ने निर्णय गरे र पार्टीमा खुलेरै लागे ।
जिम्मेवारी थप्दै गयो माओवादीले ।२०५८ साल साउन देखि सहकारी संस्थाको अध्यक्ष बनायो ।त्यसैगरि विभिन्न जोखिमताका बाबजुत माओवादीको भुमिगत समयवधि सकियो । माओवादी शान्तिवार्तामा आईसकेपछि २०६४सालमा माओवादी जिल्लामा कमिटी सदस्यमा आए ।त्यसपछि २०७२ सालमा माओवादीका तर्फबाट बैकल्पिक केन्द्रिय सदस्य भए ।२०७४ सालमा स्थानीय चुनावमा जगदुल्ला गाँउपालिका र मुड्केचुला गाँउपालिकामा सक्रिय भुमिका सहित दुबै गाँउपालिकाको नेतृत्व माओवादीलाई गराउन सफल भए ।यसको मुल्याङ्कन गर्दै पार्टीले २०७२ मंसिरको चुनावमा डोल्पा प्रदेश सभा ख नं क्षेत्रको टिकेट दियो ।यहिनै मेरो जिन्दिकीको ठुलो सफलता थियो ।सोही अनुरुपमा मैले प्रदेशसभा निर्वाचनमा ६४१४ मत ल्याएर बिजय भए शाहीले भने ।प्रदेश सभाको निर्वाचनमा लड्दा पिछडिएको भुगोल क्षेत्रको बिकासको जिम्मेवारीका साथ डोल्पाली जनतालेनै अगाडी बडाएका हुन् ।जनताको जीम्मेवारी पुरागर्न सधै कटिबद्ध हुनेछु ।
ब्यबसायिक यात्रा
प्रदेश सभा सांसद बिर बहादुर शाही राजनितिकर्मी मात्र नभई निर्माण ब्यबसायी पनि हुन ।उनी राजनितिक सँग उनले ठेक्कापठ्ठा पनि जोडिएको छ ।सुरु सुरुमा जडिबुटीको ब्यापार गर्थे ।ब्यबसायको क्रममा नेपाली सेनासँग सहकार्य गरेर २०६५ सालमा सेनासँगै काम सुरु गरे ।अहिले पनि व्यबसायमा छु,तर धेरै समयमा जनताको काममा खर्चेको छु ।जाजरकोट डोल्पा मोटरबाटो निर्माणको कामको जिम्मा थियो ।सेनाको अहोरात्र खटाई र सबैको माया सद्धभाव सहयोगका कारण मोटरबाटो निर्माण कार्यको काम अन्तिम चरणमा पुगेको छ ।यो सबै भन्दा खुशीको पल हो डोल्पाली जनाता र हामि नेतृत्वहरुकालागि उनले भने ।
सम्भावनाको खानी कर्णाली प्रदेश
कणाली प्रदेश तयारी बिकासका हिसाबमा पछि परेको प्रदेश भएपनि प्रचुर सम्भावनाको खानी हो ।यहाँका हिमाल,नदिनाला,ताल तलैया,बनजंगल,जडिबुटी मुख्य समृद्धिका आधार हुन् ।रारा,फोक्सुन्डो,चन्दननाथ,त्रिपुरा सुन्दरी मन्दिर यहाँका मुख्य पर्यटकिय गन्तब्यहुन् ।यस्ता पर्यटकिय क्षेत्रहरु क्र्णाली प्रदेशमा प्रशस्तै छन् ।यस्ता क्षेत्रलाई बिश्वसामु चिनाउन सक्ने हो भने पनि बर्षेनी लाखौँ पर्यटकहरु भित्रयाउन सक्छौँ ।यसबाट रोजगारीका अवसरहरु सिर्जनाहुनुको साथै बिदेशी मुद्रा आर्जन गर्ने बलियो आधार बन्नेछ ।त्यस्तै यहाँका हजारौँ खोलानालाबाट हजारौँ मेघावाट बत्ती निकालेर बेच्न सक्यौ भने कर्णाली प्रदेशको बिकासमा कायापलट हुनेछ ।¥यापटिङ पशुपालनको उत्तिकै सम्भावना छ कर्णालीमा ।कर्णाली प्रदेश बहुल्य जडिबुटीको भण्डार हो ।हामिलाई बहुमुल्य जडिबुटी भनेर यार्सागुम्बाको नाम मात्रै थाहा छ तर यार्सागुम्बा जस्तै हजारौ दुर्लब जडिबुटीहरु पनि हाम्रो प्रदेशमा छन् ।त्यस्ता जडिबुटीको पहिचाहान गरेर कर्णाली प्रदेशै प्रशोधन गरेर निर्यातगर्न सक्यौ भनेपनि ठुलो धनराशी यसै क्षेत्रबाट उठाउन सक्छौ ।





error: Content is protected !!