त्रिवेणी—भालु सडक खन्ड अन्तरगत त्रिवेणी देखि डोजर द्धारा सडक खन्न सुरु स्थानिय खुसी

लेख बहादुर बुढा
डोल्पा ः डोल्पाको मुड्केचुला गाउपालिका भित्र पर्ने त्रिवेणी भालु सडक खन्ड अन्तरर्गत कालिकाको त्रिवेणी देखि सडक निकार्ण कार्य सुरु गरिएको छ । मुड्केचुला गाउपालिका वडा नं. १ का यूवा नेता लंक बहादुर रोकाया र वडा नंं. ४ का बसन्त रोकायाको सहकार्यमा २२० डिसि को स्क्याभेटर द्धारा सडक निमार्ण कार्य भव्यताको साथ उद्घाटन गरिएको छ ।
उद्घाटन कार्यक्रममा आउदो मंसीर महिनामा सम्मा काही कतै बाट योजना माग गरेर भए पनी वा उदारोमा भए पनी मुड्केचुलाको साविको नर्कु सम्मा स्क्याभेटर द्धारा सडक निमार्ण गर्ने डोजर मालीक लंक बहादुर रोकायाले बताउनु भएको छ । आफु गाउको विकासको लागी सधै निस्वार्थ काम गर्ने उहाले बताउनु भएको छ ।
अहिले सम्मा सड्क सन्जालले नछोएको जिल्ला तै पनी तल्लो डोल्पाकै बिकट अनि कसैको ध्यान जाननसकेकोमा मुड्केचुला गाउपालीका स्थानिय यूवाको पहलमा डोजर द्धारा सडक निमार्ण कार्य सुरु गर्दा गाउपालीका बासीनै खुसी भएको मुड्केचुला गाउपालीका वडा नं. २ का वडा अध्यक्ष धन बहादुर सार्कीले बताउनु भएको छ । स्थानिय यूवा लंक रोकाया र बसन्त रोकायाले डोजर मार्फत सडक निमार्ण कार्या सुरु गर्नु मुड्केचुला बासिको लागी निकै राम्रो काम रहेको वडा नं. ४ का वडा अध्यक्ष जग बहादुर बुढाले बताउनु भएको छ ।
डोजर द्धारा सडक निमार्ण कार्य सुरु गर्दा मुड्केचुला का विभिन्न गाउँहरुमा अव सजिलै मोटर बाटो पुग्छ कि भन्ने आशा रहेको मुड्केचुलाका स्थानिय माधब रोकायाले बताउनु भएको छ । डोजर उद्घाटन कार्याक्रममा मुड्केचुलाका विभिन्न जनप्रतिनिधि,स्थानिय बासिन्दाहरुले डोजर हालेर राम्रो काम गरेको भन्दै डोजर मालीक लंक रोकाया र बशन्त रोकायालाई भव्य स्वागत गरेका थिए । लंक रोकाया २०७४ बैशाख ३१ सम्पन्न स्थानिय तहको निर्वाचनमा मुड्केचुला गाउपालीकाको अध्यक्षमा २ मतले पराजीत हुनु भएको थियो ।










