भारतीय प्रधानमन्त्री मोदी विवाहित कि अविवाहित भाजपाकै नेतालाई थाहा छैन

एजेन्सी ःअघि भारतीय प्रधानमन्त्री मोदी र मध्यप्रदेशकी राज्यपाल आनन्दीबेन पटेल असार ५, २०७५ भारतका प्रधानमन्त्री नरेन्द्र दामोदारदास मोदी विवाहित हुन् कि अविवाहितरु यो प्रश्नले अहिले भारतीय मिडियामा व्यापक स्थान पाएको छ।

यो किन भएको हो भने भारतीय प्रधानमन्त्री मोदी अहिले दिल्लीमा परिवारका साथमा बस्दैनन्। उनले विवाह गरेकी भनिएकी महिला जसोदाबेन उनीसँग बस्दैनन्। अन्य देशका राष्ट्रप्रमुख प्रधानमन्त्री पत्नीसँगै विदेश यात्रामा जाने भएपनि मोदी भने एक्लै विदेश यात्रामा जान्छन्। उनी हरेक महिनाजसो विदेश भ्रमणमा जाने गरेका छन्। त्यस्तै विदेशी पाहुना राष्ट्रप्रमुखको जोडीलाई स्वागत गर्दा पनि मोदी एक्लै हुन्छन्। त्यसो त उनी आफैले विवाहित रहेको स्वीकार गरेका छन्।

उनले निर्वाचनका बेला सन् २०१४ मा बनारसमा उम्मेदवारी दर्ता गर्नेक्रममा विवाहित लेखेका छन्। जसमा पत्नीको नाम जसोदाबेन लेखेका छन्। उनी गुजरातको मुख्यमन्त्री रहेका बेला र हाल प्रधानमन्त्री हुँदा कहिल्यै पनि जसोदाबेनसँग देखिएका छैनन्। यसैबीच मध्यप्रदेशकी राज्यपाल आनन्दीबेन पटेलले मोदी अविवाहित भएको बताएकी छन्। मध्यप्रदेशको एक गाउँमा गरिएको सरकारी कार्यक्रममा उनले मोदी अविवाहित रहेको बताएकी हुन्। मोदीको पार्टी भाजपाबाट राज्यपाल बनेकी पटेलले त्यस्तो अभिव्यक्ति दिएपछि भारतीय मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्तामाझ यो चर्चाको विषय बनेको छ।

हरदा जिल्लाको तिमारी गाउँको आगनबाडी केन्द्रमा भएको उक्त कार्यक्रममा उनले प्रधानमन्त्रीले विवाह नगरेको बताएकी हुन्। उनले त्यहाँ उपस्थित महिलाहरूलाई सम्बोधन गर्दै भनेकी थिइन्, मोदीले विवाह गरेका छैनन्, यो कुरा तपाईंहरू सबैलाई थाहै छ। नरेन्द्र भाइले विवाह गरेका छैनन्। मोदी अविवाहित हुँदा पनि महिला र बच्चाहरूका पीडा राम्रोसँग बुझ्नुहुन्छ। आनन्दीबेनको यस्तो अभिव्यक्तिले भारतीय जनता पार्टीभित्र असहजता पैदा गर्ने भएको छ। मोदी विवाहित हुँदा पनि अविवाहित भनेकामा पार्टीभित्र कसरी बचाउ गर्ने भन्नेबारे खैलाबैला मच्चिएको बताइएको छ।




सम्बन्धित समाचार


error: Content is protected !!