गाडी चढ्ने सपना देख्दै हजारौ आफन्तहरुका सपना मरे , अव हाम्रो पुस्ता गाडी लिने र आर्थिक सम्वृद्धी संग यातायात जोड्नेमा छ ?

काडमाण्डौ – दुई किलोमिटर मात्र सडक निमार्ण गर्न बाँकी रहेको छिन्चु जाजरकोट–डोल्पा नाम दिइएको भेरिकरिडोरको निमार्ण कार्यले अन्तिम रूप दिन थालेपछि डोल्पालीको सडक सपना साकार हुँदै गएको छ । ०६५ बाट शुरु भएको छिन्चु जाजरकोट–डोल्पा सडक निमार्ण कार्यको निरन्तरता अझै कायमै छ ।
सडक निमार्णको जिम्मेवारी पाएको नेपाली सेना विगत युद्दकालीन समय देखि १४ वर्ष सम्म रातारात खटिएर सडक सन्जालसंग डोल्पाको सदरमुकाम दुनैलाई जोड्न हेर्दैमा कहाली लाग्दा कडा चट्टानकाबीचसडक निमार्ण कार्यलाई अन्तिम रुप दिन तल्लीन छ।
०६५ बाट शुरु भएको सदरमुकाम दुनै जोड्ने जाजरकोट–डोल्पा सडक शुरुको दुई वर्ष जाजरकोट भएर डोल्पा जोड्ने कि रुकुम भूभाग भएर जोड्ने भन्ने रेखाङ्गकन विवादले अवरुद्द हुन गई २०६६ बाट मात्र पुन रेखाङ्गकन निर्धारण भई सडक निमार्ण कार्यको थालनी भएको थियो।
जाजरकोटको पासागार्ड देखि डोल्पाको सदरमुकाम दुनै सम्म ११७ दशमलव ७ किलोमिटर कुल लम्बाई रहेको जाजरकोट–डोल्पा सडकको ११५ दशमलव ७ किमी सडक ट्रयाक खोली सकिएको र बाँकी २ किमी अन्तर्गत पर्ने सडक कडा चट्टान र जोखिमपुर्ण भएर पनि निमार्ण कार्यलाई तीव्रता दिइएको नेपाली सेनाको जाजरकोट–डोल्पा सडक निमार्ण कार्यदलका प्रमुख कर्णेल विश्वबन्धु पहाडीले बताए।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वार्ड नं ५,६ र १ मा पर्ने सिउडेनी चिप्लेभीर देखि धाउन्ने चुगाड सम्मको दुई किलोमिटर सडकको ट्रयाक खोल्न कडा चट्टान छिचोल्दै सडक निमार्ण कार्यलाई नेपाली सेनाले तीव्रता दिएको छ।
बाँकी दुुई किलोमिटर चट्टानी भीर खण्ड ०७५।७६ को आर्थिक वर्ष भित्र ट्रयाक खोलेर सडकको फिनिसिँङ्ग कार्य सम्पन्न गरि ०७५को दशै तिहार भित्रमा डोल्पाको सदरमुकाम दुनैबासिलाई यातायातका साधन संचालनमा ल्याएर गाडी सुबिधा उपहार दिने योजनामा सडक निर्माणमा कार्यरत नेपाली सेनाको जाजरकोट–डोल्पा सडक निमार्ण कार्यदल रहेको छ।
जाजरकोट देखि डोल्पाको सदरमुकाम दुनै सम्मको ११७ दशमलब ५ किलोमिटर लम्बाइ रहेको निमार्ण्धिन जाजरकोट डोल्पाको सडक मध्ये हाल सम्म ११५किलोमिटर सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न भई हलुका सवारीका साधन जीप र ट्रयाक्टर संचालनमा आइसकेका छन ।यातायात संचालनमा ल्याइएसँगै वषौ वर्ष देखिको सडक सन्जालमा जोडिने डोल्पालीको सपना पनि विस्तारै पुरा हुँदै गइरहेको छ।
डोल्पालीले यातायात नहुँदा खेप्नु पर्दै आएको समस्यालाई मध्यनजर राख्दै त्रिवेणी करोपगाड हुँदै खदाङ्गको हरियापानी सम्मको सडक खण्डमा जीप ट्रयाक्टर लगायतका हल्का सवारीका साधन र खदाङ्ग देखि चिप्ले भीर सम्मको सडक खण्डमा ट्रयाक्टर संचालनमा ल्याइएको नेपाली सेनाका जाजरकोट डोल्पा सडक निमार्ण कार्यदलका प्रमुख कर्णेल विश्वबन्धु पहाडीले बताए।
डोल्पा भुभागमा पर्ने त्रिवेणी करोपगाड हुँदै खदाङ्ग सम्मको १५ किलोमिटर सडकमा यातायात संचालनमा ल्याइएसँंगै नेपालगन्ज डोल्पाको यात्रा समेत छोटिने भएको छ।
निमार्णधीन जाजरकोट–डोल्पा सडकको चिप्लेभीर देखि धाउन्ने चुगाँड सम्मको बाँकी दुई किलोमिटर चट्टाने भीर खण्डको ट्रयाक खोल्ने कार्य भदौ महिना भित्रमा सम्पन्न गरि असोजको पहिलो सातामा सडकको फिनिसिंङ्ग कार्य सम्पन्न गरेर ०७५ को दशै र तिहारमा त्रिपुरासुन्दरी नगरपालिका हुँदै सदरमुकाम दुनै सम्मलाई राष्ट्रिय सडक सन्जालमा जोडिने नेपाली सेनाले बताएको छ।०७३ साउन २३ गते त्रिवेणी बजारसम्म ७७ किमी सडक निर्माण सम्पन्न गरेर नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्रीद्धारा उद्घाटन गराएर जाजरकोट हुँदै यातायातका साधन डोल्पा सिमाना प्रवेश गराईएको थियो।
त्रिदेशीय महत्वको सडकरुपमा भेरी करिडोर
दुई छिमेकी जिल्ला भारत र उत्तरी चीन समेत गरी त्रिदेशीय सडक संञ्जालको रुपमा रणनैतिक महत्व बोकेको यस सडकखण्ड अन्तरदेशीय मुख्य व्यापारिक मार्गको रुपमा राज्यले लिएको छ।
जाजरकोट डोल्पा निमार्णधीन सडकलाई राष्टिय गौरवको योजनाको रुपमा रहेको छ ।दक्षिण रुपैडिहा जमुना नाका हुँदै उत्तरी चीन सीमा नाका डोल्पाको धोमोम्लिा सम्मको सडकलाई भेरीकरिडोर नामाकरण गरेर राष्ट्रिय प्राथमिकतामा राखिएमा त्रिदेशीय पारवहन सेवामा समेत सजिलो हुने भएकाले पनि छिन्चु जाजरकोट–डोल्पा सडक त्रिदेशीय महत्वको सडकको रुपमा रहेको छ।
सडकले डोल्पालीको मुहार फेरिदै
भेरिकरिडोर सडक अन्तर्गत पर्ने डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ खदाङ्ग हरियापानीमा होटेल ब्यवसाय गर्दै आएकी बिकास होटलकी संचालिका विष्णु रोकाया आफ्नै अगाडी गाडी(जिपहरु) गुडेपछि निकै खुशि छन ।४० वर्ष देखि होटल ब्यवसाय गर्दै आएकी आजकल अत्यआवश्यीय सामानहरु गडीबाट होटलकै आगनमा आउन थालेपछि उनी खु भएकी हुन्।
विगतमा एक साताको पैदल यात्रा गरेर सल्यानको थारमारे चाक्लीगाड सल्लिबजार पुगेर नून तेल र चामल लगायतका दैनिक उपभोग्यबस्तु आफै बोकेर त केहि खच्चडले ल्याउनु पर्दा ठुलो दुख थियो आजभोली घरआँगनमै गाडीमा सरर ल्याइपु्याउँदा सबै दुखहरु हटेका छन यसले हाम्रो त चोला नै बदलिदिएको छ रोकायाले खुशी हुँदै भनिन् ।
यत्तिखेर भेरीकरिडोर अन्तर्गतपर्ने मनका बगर,तल्लु,त्रिबेणी,करोपगाड,हरियापानी श्रीबिण्डे धाउन्ने र चुगाड त्रिपुराकोट बजारमा चहलपहल बढिरहेको त्रिपुरासुन्दरी नगरपालिका–६ का मोतिप्रसाद उपाध्यायले बताए।
आर्थिक सम्बृद्धिको आधार भेरी करिडोर
भेरीकरिडोर नाम दिइएको जाजरकोट–डोल्पा सडक निमार्ण सम्पन्न भएपछि पर्यटन विकासको प्रचुर सम्भावना बोकेको डोल्पामा आर्थिक सम्वृद्धिको ढोका खुल्ने आशा गरिएको छ ।
प्रशस्त पर्यटकीय सम्भावना बोकेर पनि प्रचारप्रसार र यातायातको अभावमा आझेलमा परेको शे फोक्सुण्डो ताल भारतीय राजदुतको सहयोगमा निमार्ण गरिएको त्रिपुरासुन्दरी नगरपालिकामा रहेको श्रीवाला त्रिपुरासुन्दरी भगवतीको मन्दिर समेत रहेकाले सडक सन्जाल पुगे पछि भारतीय तथा तिब्बतीयन पर्यटकहरु डोल्पामा आगमन हुने विश्वास स्थानीयको छ ।
जडिबुटीको भण्डारको रुपमा रहेको डोल्पामा सडक सनजालमा जोडिएमा जडिबुटी निर्यातमा सहज भई डोल्पालीहरूको जीवनशैली आर्थिक सम्वृद्धितर्फ लम्किने कर्णाली प्रदेश सभासद वदमीक्वारा बुढाको भनाई छ।
डोल्पा सम्बृद्दिको लागि कालोपत्रे र पुल पहिलो आवश्यकता
निमार्णधीन जाजरकोट–डोल्पा सडकको बाँकी २ किमी सडक सम्पन्न भएर आसन्न असोज महिनामै डोल्पाको सदरमुकाम दुनै राष्ट्रिय सडक सन्जालमा जोडिएपनि सडक खण्डमा पर्ने विभिन्न पाँच ओटा ठुला र पाँच ओटा साना मोटररेवल पुल नबने सम्म डोल्पालीको सडक सपनाले पुर्णता नपाउने त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाले बताए ।
छिन्चु–जाजरकोट सडक निमार्णकै निरन्तरतामा जाजरकोट–डोल्पा सडक भएकाले पनि विश्व बैङ्गकको सहयोगमा छिन्चु जाजरकोट–डोल्पा सडकको कालोपत्रे र पुल निमार्ण गरिए जस्तै डोल्पा सडक खण्ड अन्तर्गत पर्ने विभिन्न स्थानमा पुल निमार्ण र कालोपत्रेको लागि सरकारले तत्काल संघीय सरकारको प्राथमिकतामा राखिनु पर्ने डोल्पालीको माग रहेको छ ।
सांसद सत्य पहाडीको नजरमा डोल्पा कहिले पुग्ला ?
जन्म घर डोल्पा भएकी सांसद सत्य पहाडीको भोगाई फरक खालको छ , यहाँ भन्नुहुन्छ मेरो पुर्व जनहरु गाडी त के , सडक नै नदेखेर मृत्यू हुनुभयो । गाडि भन्ने सुनेपनि उहाँहरुलाई सपना मात्र जस्तो लाग्थ्यो । डाेल्लाकाे भ्रष्टचारको विरुध्दमा र समृद्दी र न्यायको पक्षमा लाग्दा बिधालयबाट िनकािलएकाे ितताे यथाथ समेत छ पहाडी सग । त्यती मात्र हाेइन गाडी डोल्पामा छिटो लिनुपर्ने र डोल्पामा विकास छिटो काम गर्नु भन्दै जिल्ला तथा केन्द्रका नेतृत्वलाई आलोचनात्मक टिप्पणी गर्दा विद्यालयबाट निकालिएको तितो यर्थाथ उहाँ संग छ । उनै पहाडी एक महिना अगाडी डोल्पाको खदागमा गाडी उद्घाटनका लागि पुग्नुभयो ।

सम्वोधन गदै डोल्पा आप्ना आफन्त जस्तै हजारौका सपनाहरु गाडी चढ्दै आशाका मृत्यू भयो । पहाडी भावुक हुँदै भन्नु भयो हाम्रो यी उकाला , वरालामा भारी वोक्दै कपडा च्यातिएका , टाउँकोबाट कपाल झरेको , नाम्लोको खत नै टाउँकोमा छाप नबेर वसेको छ । नेपालगन्ज नुन ,कपडा किन्न लगाएका आफन्तहरु मृत्यूको खवर महिला आउथ्यो भने चिठी पछि पुग्ने गर्दथ्यो । अव त हाम्रा पुस्ता निकै भाग्या मानि छ , किनभने हामीले देशको सवै परिवर्तन देख्न , भोग्न अनि व्यवहारमा अंगाल्न पाएका छौ उहाँले भन्नुभयो । यो भाषण सुनेर नेपाली सेनाका कर्णेल तथा जाजरकोट डोल्पा सडक निर्माण कार्यदलका प्रमुख विश्ववन्धु पहाडी भावुक हुँदै गाडी उद्घाटन मञ्मै आँखाबाट आँसु झार्नुभयो । डोल्पाली जनताको सडक नहुँनुको पिडा सुनेपछि आँसु झारेका कर्णेल पहाडीले तोकिएकै मितिमा डोल्पाको सडक तार्केट पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

अहिले अर्थ मन्त्रालयमा डोल्पा सडकका लागि वजेट प्रयाप्त दिन निकै ठुलो लविग गरेकी पहाडीले डोल्पामा भारी योजना पार्न सफल हुनुभएको छ । हिजो मात्र सदनमा डोल्पामा योजना वढी भएको भन्दै आलोचना पनि भएको थियो । भुगोलले हिसावले नेपालका सवै जिल्लाको भन्दा ठुलो क्षेत्रफल भएको डोल्पामा भौगलिक विकटता भने अत्यधिक रहेको छ । काठमाण्डौ र अन्य ठाउँमा विकास गर्न प्रयाप्त हुँने रकमले डोल्पामा विकास गर्न निकै समस्या छ । किनभने यहाँ सामग्रीको मुल्य भन्दा ढुवानीको मुल्य नै पढी पर्ने गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठाको कार्यक्रम डोल्पामा लागु गरि अहिले यहाँका नागरिकलाई उपचारमा सहज समेत भएको छ । प्रयाप्त स्रोत साधन पाउँन नसक्दा उपचारमा वेला वेलामा समस्या हुँने गरेको डोल्पा अस्पतालमा डाक्टरको भनाई आउँने गरेको छ ।
हेमन्त के सी काठमाण्डौ










