टेलिफोनको सहज पहुँचमा पुर्वी जाजरकोट

जाजरकोट ः सोमबार देखि पुर्वी जाजरकोट टेलिफोनको सहज पहुँचमा पुगेको छ । जिल्लाको नलगाड नगरपालिका वडा ८ गरालामा टेलिफोन टावर निर्माण पछि पुर्वी जाजरकोट टेलिफोनको सहज पहुँचमा पुगेको हो । नमस्ते , स्काई र ईन्टरनेटका लागि थ्रिजी , फोर जी समेत यो टावरबाट सञ्चालनमा आएपछि स्थानीयहरु खुसी भएका छन् ।
जिल्लाका अन्य ठाउँमा लिक दिनका लागि निर्माण गरिएको यो रिर्पिटर टावरले पुर्वी जाजरकोट र रुकुमको आठविसकोट नगरपालिकामा समेत सेवा पुगेको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए । यो भन्दा अगाडी फोनकै अभावमा यहाँका स्थानीयहरु घण्टौ हिडेर फोन गर्नका लागि अग्ला डाडाँमा जार्नुपर्ने बाध्यता रहेको थियो । टेलिफोन सेवा विस्तार यहाँका स्थानीय तहका विद्यालय, अन्य सरकारी कार्यालय र प्रहरी चौकीलाई समेत सुचना आदानप्रदान गर्न सहज भएको पंञ्च भयार मावि जिकुवाकी शिक्षिका नन्दा शाही केसीले जानकारी दिईन् ।
यो टावरको सायताले तल्लो डोल्पाका विभिन्न ठाउँमा टावर थप्न मदत पुग्ने नेपाल टेलिकम जाजरकोटले जनाएको छ । फोन नहुँदा धेरै उकालो हिडेर फोन गर्नु पर्ने थियो अव घरमै वसी , वसी फोन सेवा उपभोग गर्न पाउँदा खुसी भएको रुकुम आठविसकोट नगरपालिकाका नगरप्रमुख गोरखवहादुर केसीले बताए ।










