यार्सा संकलनको प्रवेश शुल्कबाट १ करोड ३३ लाख ९ हजार ४ सय राजस्व

लेख बहादुर बुढा
असार १, डोल्पामा यस बर्ष यार्सा संकलन कर्ताहरुबाट प्रवेश शुल्क वाफत जम्मा १ करोड ३३ लाख ९ हजार ४ सय राजस्व संकलन भएको छ । उच्च हिमाली भेगमा शे फोक्शुण्डो राष्ट्रिय निकुञ्ज भित्र प्राकृतीक रुपमा पाइने यार्चागुम्बा क, ख, ग, वर्गका जम्मा ७ हजार ५ सय ४३ जना यार्सागुम्वा संकलन कर्ताहरु डोल्पाका विभिन्न पाटनहरुमा प्रवेश गरेका शेफोक्सुन्डो राष्ट्यि निकुन्ज शुलिगार्ड डोल्पाका साहायक वार्डेन प्रकाश उप्रेतीले बताए ।
डोल्पाका विभिन्न पाटनहरुमा प्रवेश गर्नेहरु मध्य ,क, वर्गबाट १५ लाख ६ हजार ७ सय ,ख, वर्गबाट २८ लाख ,ग, वर्गबाट ९० लाख २ हजार ७ सय गरी यो वर्षमा जम्मा १ करोड ३३ लाख ९ हजार ४ सय रुपैया राजस्वो संकलन भएको शे फोक्शुण्डो राष्टिय निकुञ्ज सुलीगार्ड डोल्पाले जानकारी दिएको छ ।
डोल्पाका जिल्ला भित्रका बासिन्दा र छिमेकी जिल्ला जाजरकोट रुकुम ,जुम्ला लगायत विभिन्न जिल्लाहरुबाट यार्सा संकलनकर्ताहरु यहि जेष्ठ १ गते देखि विभिन्न यार्सा पाटनहरुमा प्रवेश गरेका थिए । डोल्पाका दुई दर्जन भन्दा बढी यार्सा पाटनहरुमा प्रवेश गरेका संकलन कर्ताहरुलाई असार १ गते भित्र सवैलाई पाटन देखि झर्न निकुन्जले निर्देशन गरि सकेको छ । अटेर गरेर पाटनमा बस्ने संकलन कर्ताहरुलाई नियम कानुन अनुसार काराबाही गरिने पनी जनाईएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!